नेपाल प्रहरीद्वारा डाक्टर किदवाईलाई सम्मान

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत फिजिसियन एशोसीयट प्रोफेसर डा. आसिम किदवाई सम्मानित भएका छन् ।

स्वास्थ्य उपचार मार्फत समाज सेवामा उच्च सेवा गरे बापत नेपाल प्रहरीद्वारा किदवाई सम्मानित भएका हुन् ।

उनलाई एक कार्यक्रममा नेपाल प्रहरीका प्रमुख बसन्त कुवँरले सम्मान गरेका हुन् ।

लोकप्रिय, चर्चित चिकित्सकको रुपमा परिचित डा. किदवाई सबैको मन, मस्तिस्कमा बस्न सफल छन् ।

लामा समयदेखि नेपालगन्जमा स्वास्थ्य उपचार सेवा गरिरहेका किदवाईले कोभिड महामारीको समयमा पनि उल्लेखनीय योगदान दिएका थिए ।

सालिन स्वभावका किदवाई बरिष्ठ फिजसियन तथा जनरल सर्जन डा. एम . किदवाईका सुपुत्र हुन् । उनी ४ दशक भन्दा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय छन् ।

 

  • २८ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech