ससस्त्र प्रहरीका जवानद्वारा आफैलाई गोलि हानि आत्महत्या

असल शासन प्रतिनिधि

ससस्त्र प्रहरीका जवानद्वारा आफैलाई गोलि हानि आत्महत्या

दाङ/ दाङमा एक जना सशस्त्र प्रहरी जवानले आफैँलाई गाेली हानेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनी सशस्त्र प्रहरी सहायक हवल्दारकाे रूपमा कारागार सुरक्षा बेस तुल्सीपुर दाङमा कार्यरत थिए । आइतबार बेलुका करिब ९ बजे कारागारभित्र डिउटीमा रहेको बेला एस.एल.आर.राइफलले चिउँडोमा हानेर टाउकोकाे उपल्लाे भागबाट गाेली निस्किएको छ ।

पाेष्टमार्टमका लागि शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ ।

पारिवारिक विवादका कारण केसीले आफैलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका तुलसीपुरका डीएसपी पुष्पराज मल्लले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ३ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech