१६ जिल्लामा राष्ट्रिय झण्डा दिबस मनाईयो

माधव कार्की

नेपालगञ्ज/ बास नेपालले नेपालका १६ वटा जिल्लामा नयाँ बर्ष बैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाएका छन्  ।

राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाध्ने गरेको कुरालाई महसुस गर्दै बास नेपालले बाँके लगायतका जिल्लाहरुमा झण्डा दिवस मनाएको हो ।

बास नेपालले बाँके, बर्दिया, जाजरकोट, अर्घाखाँची, हुम्ला, जुम्ला, कञ्चनपुर, डोटी, सिराह, दैलेख, सुर्खेत, चितवन, दोलखा, प्युठान, रुपन्देही, दाङ जिल्लामा झण्डा दिवस मनाएको हो ।

बास नेपालको केन्द्रले बाँकेको नेपालगञ्ज स्थित रामलिला मैदानमा दिवस मनाएको थियो । बास नेपाल जाजरकोट शाखाले कर्णाली प्रदेश सदस्य शारदा पुनको समुपस्थितिमा भेरी नगरपालिका ३ तल्लो थाप्लेमा राष्ट्रिय झण्डा दिवस मनाएको थियो । कार्यक्रममा राष्ट्रिय झण्डाको महत्वको बारेमा चर्चा गरिएको बास नेपाल जाजरकोट शाखाका सदस्य पुष्पराज वलिले जानकारी दिए ।

    बास नेपाल अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्क र छत्रदेवा गाँउपालिकामा दिप प्रज्वलन गरी बुहत रुपमा राष्ट्रिय झण्डा दिवस कार्यक्रम मनाएको शाखा अध्यक्ष फर्सुराम पाण्डेलेले बताए ।

बास नेपाल बर्दिया शाखाले बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका र मधुवन नगरपालिकामा राष्ट्रिय झण्डा दिवस मनाएको छ । बास नेपालका शुभचिन्तक, बिभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका १०० बढिको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको बर्दिया शाखा अध्यक्ष राज सिंह थारुले जनाए ।

त्यसै गरी बास नेपाल हुम्ला शाखाले प्रतिनिधि सभा सदस्य छिरिङ डम्दुल लामा कार्चेन, सिमकोट गाउँपालिका, नाम्खा गाँउपालिका, खार्पुनाथ गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष र अन्य सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती ८० जनाको सहभागितामा हुम्लामा राष्ट्रिय झण्डा दिवस मनाएको शाखा अध्यक्ष तिर्थराज भण्डारीले बताए ।

त्यसैगरी बास नेपाल कञ्चनपुर शाखाले महेन्द्रनगरको पुस्पलाल चोकमा राष्ट्रिय झण्डा दिवस मनाएको शाखा अध्यक्ष पुस्कर राज पन्तले जनाए भने सुचनाको हकका अभियान्ता पर्सुराम साहको उपस्थितीमा सिराहाको गोलबजार नगरपालिका स्थित जम्दह तेतरीया मा.वि.मा १७ जना जनसहभागिताका साथ दिवस मनाएको सिराहा शाखा अध्यक्ष गोबिन्द राज बिष्टले बताए । नारायण वडा नम्बर ६ का वडाध्यक्ष जनक न्यौपानेको उपस्थितिमा सदरमुकामको गणेश चोकमा राष्ट्रिय झण्डा मनाएको दैलेख शाखा अध्यक्ष हिक्मत बुढाले बताए ।

बाग्मती प्रदेश संयोजक ईश्वर दाहालको समुपस्थितिमा बास नेपाल दोलखा शाखाले दोलखाको गौरीशंकर बालगृहमा आस्रित बालबालिकाहरु र सहयोगीहरुको सहभागिताामा बालगृहमा नयाँ बर्षको शुभकामना आदान–प्रदान सहित राष्ट्रिय झन्डा दिवस मनाएको बास नेपाल दोलखा शाखाका सचिब नबराज खड्काले बताए ।

त्यसैगरी बास नेपाल डोटी शाखाले जिल्ला प्रशासन कार्यालय डोटी अगाडिको  चोकमा १४ जनाको सहभागीतामा दिवस मनाएको थियो भने प्युठानको सदरमुकामको मल्लरानीमा २० जनाको सहभागितामा राष्ट्रिय झण्डा दिवस मनाईएको प्युठान शाखा अध्यक्ष तथा बास नेपालका केन्द्रीय सदस्य जुमान सिह के.सी.ले जानकारी दिए ।

कर्णाली प्रदेश सदस्य तथा बास नेपाल सुर्खेत शाखा अध्यक्ष भगवती बिसीका अनुसार, सुर्खेतको बिरेन्द्र चोकमा भएको कार्यक्रममा १५ जनाको सहभागीता रहेको थियो । त्यसैगरी बास नेपाल दाङका जिल्ला शाखा उपाध्यक्ष समिर वलीको अध्यक्षतामा घोराही १४ को क्याप्टेन लखन थापा मगर पार्कमा २० जनाको सहभागीतामा एक औपचारिक कार्यक्रम गरि दिवस मनाईएको थियोे ।

त्यसैगरी जुम्ला शाखाले जुम्ला स्थित खलंगा बजारको कृष्ण मन्दिर नजिक जुम्लाका पत्रकार, नागरिक समाजका अगुवा, बुद्धिजिबीहरु गरी ३० जना भन्दा बढिको सहभागिता राष्ट्रिय झण्डा दिवस मनाईको हो ।

२२  जनाको सहभागितामा चितवनको नारायणगढमा दिवस मनाईएको चितवन शाखा अध्यक्ष मनिराज अधिकारीले बताए । यसैगरी १५ जनाको सहभागीतामा रुपन्देहीमा राष्ट्रिय झण्डा मनाएको र रुपन्देही शाखा अध्यक्ष किसन कडेलले जानकारी गराए ।

 

 

  • ६ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech