नेपालगञ्जमा मनाईयो आठौं राष्ट्रिय झण्डा महोत्सव

रामलिला मैदानमा नेपालकै ठुलो झण्डा राखिने

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा नागरिक स्तरबाट राष्ट्रिय झण्डा महोत्सव गरिएको छ । विगतका वर्षझै यसवर्ष पनि नेपालगन्जस्थित रामलिला मैदानमा नयाँ वर्षका दिन शुक्रबार बेलुका आठौं राष्ट्रिय झण्डा महोत्सव मनाईएको हो । हरेक वर्ष नयाँ वर्षकै दिन नेपालगन्जमा नागरिक स्तरबाट राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ ।

राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार एवं अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले दिवसको सुरुवातदेखी हालसम्म जसरी पनि निरन्तरता दिदै आएको बताए । उनले भने, ‘हामीले गतवर्ष रंगशालामा मनायौं, बीचमा कोभिडको कारणले गर्दा निरन्तरता दिने विभिन्न उपाय गर्यौं, हामीले जसरी पनि निरन्तरता दिने प्रयास गरेका हौं ।’ यो कुनै सरकारले तोेकेको दिवस नभएको शाहले बताए ।

उनले भने, ‘यो नागरिक स्तरबाट मनाइएको दिवस हो, राष्ट्रिय तथा अन्र्तराष्टिय दिवसहरु मनाइन्छ, नामै नसुनेका दिवस पनि मनाइन्छ, स्वदेशी दिवसमा बिदा दिने र काट्ने चलन पनि छ, विश्वका विभिन्न देशले मनाउने दिवस मनाउँछौं, स्वदेशी र विदेशी दिवस मनाइरहँदा हामी आफ्नो ध्वजाको दिवस मनाउने कुनै आधिकारिक ब्यवस्था छैन ।’

राष्ट्रिय झण्डालाई बीचमा च्यात्ने र जलाउने काम भएका बेलामा आफुहरुले झण्डाको महत्व र गरिमालाई बढाउनुपर्छ भनेर नागरिक स्तरबाट दिवस मनाउन सुरु गरेको प्रष्ट्याए । ‘यसलाई जनस्तरमा लैजानुपर्छ र दिवसलाई महोत्सवको रुपमा मनाउनुपर्छ भनेर हाम्रो नेपाली नयाँ वर्षको दिनलाई पारेर दिवस मनाउन सुरु गरेका हौं,’ उनले भने । शाहले रामलिला मैदानमा ठुलो राष्ट्रिय झण्डा राख्न नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशकी सांसद माया पुनले राष्ट्रिय झण्डा दिवसलाई सरकारको तर्फबाट मनाउनका लागि आफुले विशेष पहल गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । लुम्बिनी प्रदेश सभाको आगामी बैठकमा बोल्ने क्रममा झण्डा दिवस मनाउने विषयलाई आफुले पहिलो एजेण्डा बनाउने बताइन् । यसका साथै सात वटै प्रदेश र संघमा रहेका विभिन्न तह र तप्कासँग पनि छलफल गर्ने बताइन् । आगामी वर्ष बैशाख १ गतेको दिनलाई झण्डा दिवसका रुपमा मनाउन आफुले विशेष पहल गर्ने प्रदेश सांसद पुनको भनाई छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्थानीय रामलिला मैदानमा नेपालकै ठुलो झण्डा राख्ने प्रतिवद्धता जनाए । ‘यस रामलिला मैदानमा ठुलो झण्डा राख्नुपर्ने यहाँहरुको सुझाव अनुसार नेपालकै पहिचान हुने गरी सबैभन्दा ठुलो झण्डा राख्ने म प्रयत्न गर्नेछु,’ विष्टले भने ‘अर्को वर्ष झण्डा दिवससम्म रामलिला मैदानमा ठुलो झण्डा राखिनेछ ।’

नेपालको पहिचान राष्ट्रिय झण्डाले गराइरहेको भन्दै मेयर विष्टले भने, विश्वमा दुई सयभन्दा बढी राष्ट्र भएपनि हामीलाई हाम्रो झण्डा राम्रो लाग्छ, हाम्रो झण्डामा रहेको चिन्ह प्रकृतीसँग जोडिएको छ ।’ राष्ट्रिय झण्डामा अंकित सुर्य र चन्द्रको विशेषताबारे प्रष्ट्याउँदै भने, ‘सुर्यले हामीलाई प्रकाश दिन्छ, चन्द्रमाले हामीलाई सितलता दिन्छ ।’

जनस्तरबाट मनाउँदै आएको झण्डा दिवसलाई सरकारको तर्फबाट मनाउन नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट आफुले प्रयत्न गर्ने मेयर विष्टले प्रतिबद्धता पनि जनाए । ‘नेपाल सरकारबाट चाडै नै अन्य दिवस जस्तै राष्ट्रिय दिवसका रुपमा मनाउन पाइयोस् । हामीले आफ्नो तर्फबाट पनि पहल गर्नेछौं,’ मेयर विष्टले भने ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाहले राष्ट्रिय झण्डा दिवस मनाउन सरकारको ध्यानाकर्षण गर्ने बताए । गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रम सञ्चालन बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका अगुवा, नागरिक समाज, कलाकार, सञ्चारकर्मी, सर्बसाधारण लगायतको पनि उपस्थिती रहेको थियो । त्यसक्रममा वरिष्ठ गायक कमल बिके निर्मोही, वरिष्ठ कलाकार श्यामानन्द सिंह लगायतका कलाकारले आफ्नो प्रस्तुती देखाएका थिए । अन्तरालको व्यवस्थापनमा सम्पन्न महोत्सवको संयोजन गैरसरकारी संस्था महासंघ नेपाल, बाँके र बासले गरेका थिए ।

नेपालगञ्जमा क्रियाशिल अन्तरालले २०७३ साल बैशाख १ गते देखि झण्डा दिवस बनाउन शुरु गरेको हो । पहिलो बर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगञ्ज रंगशालामा सम्पन्न भएको थियो भने दोश्रो बर्ष २०७४ बैशाख १ गते चन्द्र शुर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगञ्जको रामलिला मैदानमा सम्पन्न भएको थियो भने तेस्रो बर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगञ्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो । तेस्रो बर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने पोखरा लगाएतका स्थानहरुमा पनि दिवस बनाईएको थियो । चौथो बर्ष अन्तरालले नेपालगञ्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगञ्जको बी.पि. चौकमा मनाएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायतको उपस्थिती रहेको थियो ।

पाँचौं बर्ष झण्डा दिवसको पहिलो बर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगञ्ज रंगशालामा सम्पन्न भएको थियो भने दोश्रो बर्ष २०७४ बैशाख १ गते चन्द्र शुर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगञ्जको रामलिला मैदानमा सम्पन्न भएको थियो भने तेस्रो बर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगञ्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो । तेस्रो बर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने नेपालगञ्ज, पोखरा लगाएतका स्थानहरुमा पनि दिवस मनाईएको थियो ।

चौथो बर्ष अन्तरालले नेपालगञ्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगञ्जको बी.पि. चौकमा मनाएको थियो, पाँचौं र छैटौं बर्ष नेपालगञ्जको रामलिला मैदानमा झण्डा दिवस मनाईएको थियो भने सातौं झण्डा दिवस नेपालगञ्जको रंगशालामा मनाईएको थियो । बासले झण्डा दिवसमा चौथो बर्गा देखि सहकार्य गरे सँगै सोही बर्ष देखि बासले देशभरका जिल्ला शाखाहरु मार्फत झण्डा दिवसलाई बैशाख १ गते साझा कार्यक्रमको रुपमा मनाउन थालेका    छन् । हाल झण्डा दिवस देशैभर मनाउन थालिएको छ ।

 

  • ६ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech