म्याद सकिनै लाग्दा पुग्यो भिटामिन, भण्डारणमा लापरबाही

अन्ततः स्थगित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ म्याद सकिनै लाग्दा बाँकेमा भिटामिन ए आईपुग्दा भिटामिन ए कार्यक्रम प्रभावित भएको छ ।

बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ‘ए’ अन्ततः नखुुुुआईने भएको छ ।

स्वास्थ्य कार्यालयले माथिल्लो निकायबाटै भिटामिन ढिलो प्राप्त भएको जनाएको छ भने स्वास्थ कार्यालयको लापरवाहीपूर्ण भण्डारणका कारण समस्या सृजना भएको आरोप समेत लागेको छ ।

२०२३ अप्रिलमा म्याद समाप्त हुने मिति भएको भिटामिन ए बैशाख ६ गते देखि बालबालिकाहरुलाई खुवाइने तयारी गरिएको थियो ।

स्वास्थ्य कार्यालयले जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा पठाइएको भिटामिन ‘ए’ क्याप्सुलमा केहि दाग जस्तो देखिनुका साथै फरक फरक रङ्ग देखिएपछि स्वास्थ्य स्वयमसेविकाहरुले प्रदेश स्वास्थ्य निर्देशनालयमा खबर गरेका थिए ।  निर्देशनालयले कार्यक्रम स्थगित गर्न निर्देशन दिए पछि स्वास्थ्य कार्यालयले कार्यक्रम स्थगित गरेको थियो ।

बालबालिकालाई खुवाइने भिटामिन ए जस्तो संबेदनशिल क्याप्सुल नेपालगन्जको चर्को घाममा भण्डारण गरिएका कारण ड्यामेज भएको स्रोतले दाबी गरेको छ । गोदाम र निश्चित तापक्रममा राखिनुपर्ने भिटामिन क्याप्सुल केहीदिन देखि गोदाम बाहिर खुल्ला घाममा राखिदा समस्या सृजना भएको बताईएको छ ।

 

  • ६ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech