नेपालगन्ज फोटो फेस्टिवल सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज फोटो फेस्टिबलको तेस्रो संस्करण शुक्रवारबाट सुरु भएको छ ।

बाँके क्षेत्रं ३ का संघिय सांसद किशोर राठौरले वर्ष फोटो घोषणा गरी त्यही तस्बिरको फोटो खिचेर फेष्टिबल उद्घाटन गरेका हुन् ।

साँसद राठौरले फोटो फेस्टिल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुराको भएको बताउँदैं साविक मध्य र सुदुर पश्चिम क्षेत्र विकासका दृष्टिले पछि परेकोले यस्ता कार्यक्रमले यस क्षेत्रको विकासमा सहयोग गर्ने बताए ।

देशको विकास गर्ने कुरामा यस्ता कार्यक्रम नेपालगन्जमा आवश्यक रहेको बताउँदै राठौरले बाँके र बर्दियाको विकासमा आफुले इमानदार भएर काम गर्ने बताए ।

अन्तरालको आयोजनामा भएको फोटो फेस्टिबल शनिवारसम्म चल्नेछ ।

नेपालगन्ज फोटो फेस्टिबलमा फोटो प्रतियोगिताको आठ बिधामा आएका मध्ये ११५ उत्कृष्ठ फोटाहरु भने नेपालगन्ज ग्यालरीमा प्राप्त बाँकेका एक से एक फोटोहरु प्रर्दशनीमा राखिएका छन् । फोटो प्रतियोगितामा डेलिलाइफ, कल्चर, टुरिजम, नेचर एण्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माइल, एग्रीकल्चर र न्युज बिधामा करिब २ हजार फोटोहरुको सहभागिता रहेको थियो ।

रक्षक सेक्युरिटीको सहकार्यमा, बागेश्वरी असल शासन क्लब (बास नेपाल), नेपालगन्ज ग्यालरी रक्षकको सहकार्यमा फोटो फेष्टिबलको तेस्रो संस्करण आयोजना गरिएको आयोजक अन्तरालले जनाएको छ ।

मुगुका पत्रकार राजबहादुर शाहीले खिचेको मुगुको छायानाथ रारा नगरपालिका स्थित ताल्च गाउकी एक महिला रुखमा लटरम्भ फलेको स्याउ टिप्दै गर्दाको तस्विर । मुगुको समुद्री सतह देखि २९ सय मिटर उचाइका लेकाली बस्तीहरुमा धेरै स्याउ उत्पादन हुने भएकोले किसान स्याउ प्रति आत्मनिर्भर देखिएका छन् ।

आयोजकका अनुसार, एग्रीकल्चर बिधामा आएको राजबहादुर शाहीले खिचेको मुगुको छायानाथ रारा नगरपालिका स्थित ताल्चा गाउँकी एक महिला रुखमा लटरम्भ फलेको स्याउ टिप्दै गरेको तस्बिरले फोटो अफ दि ईअरको उपाधी जितेको छ ।

न्युज बिधामा मोतीबिन्दुको अपरेसन गरेर पाँच बर्षपछि पुन आँखा देख्न पाएका रामेछाप भतौलिका ८० बर्षीय रुद्रलाल तामाङ डा सन्दुक रुइतको नाक छोएको अंगद ढकालले खिचेको फोटो उत्कृष्ठ घोषणा गरिएको छ ।

यस्तै ढकालले नै खिचेको फोटो नेपाल स्माइलमा र शाहीले खिचेको मुगुमा जोत्दै गरेको किसानको फोटो कृषि बिधातर्फ उत्कृष्ठ हुन सफल भएको आयोजकले जनाएको छ ।

यसैगरी बबी साईको पोखरामा बराहा भैरव नाचको तस्बिरले कल्चर बिधामा उत्कृष्ठ हुदा मकवानपुरको हेटौडामा पाडोलाई झोलुङ्गे पुल तराउदै गरेको मनोज पौडेलको तस्बिर डेलि लाईफमा उत्कृष्ठ भएको छ ।

नेचर एण्ड कन्र्जरभेसनमा श्रीराम खत्रीको काठमाडौंको टौदहमा पानीबाट माछा मार्दै ग्रेट कर्मोरान्टहरू तस्बिर उत्कृष्ठ भयो भने क्रिकेटमा क्याच लिन प्रयास गर्दैैै गरेको सत्यम जोशीको तस्बिर स्र्पोट्स बिधामा उत्कृष्ठ भयो । टुरिजम बिधामा भने सिर्जना ओलीको तस्बिर उत्कृष्ठ भएको छ ।

निर्णायक समितिमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा बरिष्ठ फोटोपत्रकार बिकास कार्की, फोटो पत्रकार क्लबका अध्यक्ष श्रुति श्रेष्ठ र बरिष्ठ फोटोग्रफर रमेश मल्लले उत्कृष्ठ फोटोहरुको छनौट गरेका हुन् ।

मोफसलमा क्षेत्रिय स्तरमा शुरुवात भएको फोटो फेस्टिवल राष्ट्रिय स्तरमा स्थापित भएकोमा खुशी ब्यक्त गर्दैै नेपालको प्रवद्र्धन गर्ने फोटोहरुलाई मात्र नभएर फोटोग्राफरहरुलाई पनि फोटोसँगै प्रवद्र्धन गर्नुपर्ने र फेस्टिबलले नेपालको फोटोग्राफीको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा बरिष्ठ फोटोपत्रकार बिकास कार्कीले बताए ।

८ विधामा फोटो प्रतियोगिता आयोजना गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । प्रत्येक बिधाको उत्कृष्ठ फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट फोटोलाई नगद २५ हजार ५ सय पचपन्न रुपैया पुरस्कार समापनको दिन प्रदान गरिने शाहले जानकारी दिए ।

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech