नयाँ बर्ष आउँदा तनाब भो मलाई

असल शासन प्रतिनिधि

बिरेन्द्र ऐश्वर्य पार्क मेरो नाम थियो
लाखौं मा कमाइ हुनेबराबर को आनन्द दिने मेरो काम थियो
तिम्रो सिङगारको अभाव भो मलाई
नयाँ बर्ष आउँदा तनाव भो मलाई।।

गिज्याएर जान्छन् अचेल बेवारिसे भन्दै
जिस्काएर जान्छन् अचेल लावारिसे भन्दै
तिम्रो सिङगारको अभाव भो मलाई
नयाँ बर्ष आउँदा तनाव भो मलाई ।।

डाली छैन ताली छैन माली हराएर गए
न फुल न सुगन्ध खाली गराएर गए
तिम्रो सिङगारको अभाव भो मलाई
नयाँ बर्ष आउँदा तनाव भो मलाई ।।

सोचे जस्तो सुन्दरता रहेछन् भन्दै जान्छन्
पलाष्टिक र थरी थरीका बोतल गन्दै जान्छन्
तिम्रो सिङगारको अभाव भो मलाई
नयाँ बर्ष आउँदा तनाव भो मलाई।

  • ९ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech