मण्टेश्वरी बाँकेको अध्यक्षमा बजगाईँ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ मण्टेश्वरी एशोसिएशन बाँकेको अध्यक्षमा गीता बजगाई निर्वाचित भएकी छन् ।

एशोसिएशनको शनिबार नेपालगन्जमा सम्पन्न दोस्रो अधिवेशनबाट  बजगाईको नेतृत्वमा नयाँ नेतृत्व चयन गरको हो ।

एसोसिएसनको उपाध्यक्ष प्रभा थापा मगर, सचिव खीमा थापा मगर, सह-सचिव शकुन्तला मल्ल, कोषाध्यक्ष सीता पौडेल र सह–कोषाध्यक्षमा नीशा शर्मा देवकोटा चयन भएका छन् । सदस्यहरुमा नीता गुप्ता, कल्पना पौडेल र आशा रोकाय रहेका छन् ।

एशोसिएशन बाँकेकी अध्यक्ष लुना बुढाथोकीको अध्यक्षता सम्पन्न अधिवेशनको वरिष्ठ पत्रकार तथा एशोसिएसनका सल्लाहकार पूर्णलाल चुकेले उद्घाटन गरेका थिए ।

सचिव दुर्गा बजगाईले स्वागत गरेको उद्घाटन शत्रमा मंगलप्रसाद महिला कलेजका प्रमुख तथा सल्लाहकार रविन्द्र कर्ण, शिक्षाविद् किरण आचार्य, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका सदस्य रमेश सिटौला, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके अध्यक्ष मधु खडका, बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार वर्मा, दिदी बहिनी समाजकी अध्यक्ष रमा शाह, मानवता समाज नेपाल बाँके उपाध्यक्ष सुमन गिरी लगायतले अधिवेशनको सफलताको कामना गरेका थिए ।

मण्टेश्वरी शिक्षाको विकास र प्रवर्द्दन गर्ने उद्देश्यले २१ पुस २०७४ मा मण्टेश्वरी एशोसिएशन बाँके गठन गरिएको थियो ।

एशोसिएशनमा १८ वटा मण्टेश्वरी विद्यालय आबद्ध छन् ।

  • ९ बैशाख २०८०, शनिबार प्रकाशित

  • Nabintech