बाँकेको अगैयामा बस दूर्घटना

चालकले मदिरा सेवन गरेको यात्रुको भनाई

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज देखि दाङ तुलसीपुरका लागि छुटेको दिवा बस बाँकेको अगैयामा दुर्घटना भएको छ।
आज दिउँसो करिब साढे १ बजे तिर भे १ ख ३०२३ नम्बरको बस अगैयामा अनियन्त्रीत भएर सडकमा पल्टीएर दूर्घटना ग्रष्त भएको हो । बस दुर्घटनामा परि बसमा सवार ११ जना घाईते भएका छन्। घाईतेहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ भने सामान्य घाईतेहरुलाई नेपाल प्रहरीले अर्को बस मार्फत गन्तब्य तिर पठाएको छ । नेपालगन्ज देखि नै मदिरा सेवन गरेर हात खुट्टा नै नचल्ने अवस्थामा चालक रहेको र अघैया जंगलमा बस नियन्त्रण गर्न नसकेपछि दूर्घटना भएको यात्रुहरुले बताएका छन् । बस चालक दूर्घटना पछि भागेको बताईएको छ । अहिले घट्ना स्थलमा प्रहरी आईपुगेको छ भने दूर्घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • ११ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech