कलाकारको सारथी वन जंगल

असल शासन प्रतिनिधि

कपिलवस्तु/कपिलवस्तुको गोरुसिँङ्गेमा आयोजित एक कार्यक्रममा गायक टँक तिमिल्सिनाले वन जोगाउन कलाकारहरु समेत जुट्नु पर्र्ने बेला आएको बताए । बैशाख १४ गते विहबार बास नेपाल र डिभिजन वन कार्यालय कपिलवस्तु तौलिहवाद्धारा आयोजित वनसँग सेलिब्रेटी कार्यक्रममा वन संरक्षणसँग सम्बन्धित गीतहरु गाउँदै कलाकार तिमिल्सिनाले सम्पुर्ण दर्शक स्रोताहरुलाई वन संरक्षणमा जुट्न अनुरोध गरे ।

१५०० बढी स्थानीयहरु तथा वनसँग सम्बद्ध सरोकारवालाको उपस्थिती रहेको कार्याक्रममा वनको संरक्षण, वन व्यवस्थापन, वन डढेलो नियन्त्रण, चोरीशिकारी नियन्त्रण, वन पैदावारबारे स्थानीय तथा राष्ट्रिय कलाकारहरुले गीत मार्फत सन्देश दिएका छन् ।

कार्यक्रममा कलाकार शकुन्तला शाह, वविता कुँवर, अशोक रावल लगाएतले गीतहरु प्रस्तुतिकरण गर्दै वन संरक्षण गर्न र वन जोगाउन आम दर्शकलाई अनुरोध गरे ।

गायक टंक तिमिल्सिनालो कपिलवस्तु आइरहने, वन जोगाउन गाईरहने, सबै जना जुटौँ अव, वन जोगाउन उठौँ अव जस्ता गीतहरु प्रस्तुत गरे भने गायिका वविता कुँवरले वन जंगल हो धन, यही नेपालको शान, वन सम्पदा हाम्रो, बनाउनु छ राम्रो भावका गीतहरु प्रस्तुत गरिन् त्यस्तै गायक अशोक रावलले हरियालीसँगै वृक्षारोपण गरौँ भन्ने भावका गीतहरु प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा स्थानीय नृत्यकर्मी राखी श्रेष्ठले रोचक नृत्य प्रस्तुत गरिन भने कलाकार शकुन्तला शाहले वन संरक्षण सहितको नाट्य कथा प्रस्तुत गरिन् ।

कार्यक्रमका प्रमुख अथिती डिभिजन वन कार्यालयका तौलिहवा कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले वन संरक्षण मात्र नभई वन व्यवस्थापनमा ध्यान दिन जरुरी भएको बताए ।

वन डढेलो मात्र नभई वन अतिक्रमणले धेरै वन विनाशको समस्या आएको बताउँदै वहाँले यसको व्यवस्थापन गर्न सके राज्यलाई ठूलो आम्दानीको स्रोत उपलब्ध हुने र विदेशबाट आएको रेमिटान्स समेत नेपालमै सदुपयोग गर्न विदेशबाट आउने काठलाई नेपालमै उत्पादन गर्न आवश्यक रहेको उनको भनाई छ ।

डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत खिलबहादुर तामाङले स्वागत गरेको कार्यक्रमको अध्यक्षता बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । कार्यक्रमको संचालन शकुन्तला शाहले गरेकी थिइन् ।

  • १४ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech