महिलाहरुको स्वास्थ्य सम्वन्धी अन्तरक्रिया

असल शासन प्रतिनिधि

नेपालगन्ज/महिलाहरुको स्वास्थ्य सम्वन्धि नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ ।

दिदि बहिनी समाज बांकेको आयोजनामा बैशाख १० गते उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

महिलाहरुका क्षेत्रमा क्रियाशिल संस्था दिदि बहिनी समाज बाँकेले महिलाहरुको स्वास्थ्य समस्या र समाधानका उपायहरु खोज्नका लागि अन्तरक्रिया गरिएको बताएको छ ।

२५ जना महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा संस्थाकी सदस्य तथा स्वास्थ्यकर्मी सुमन गिरी श्रेष्ठले महिलाहरु महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा, पाठेघरसँग सम्वन्धित समस्या र समाधानका उपायहरु, स्तन क्यान्सर, महिलाहरुको मानसिक स्वास्थ्य, स्वस्थ र सन्तुलित भोजन लगायतका बिषयमा प्रशिक्षण दिएकि थिईन् ।

संस्थाकी उपाध्यक्ष दिला शाहले स्वागत गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका अगुवा महिलाहरुको सहभागिता रहेको थियो ।

संस्थाकी सचिव लुना बुढाथोकीले सञ्चालन गरेको कार्यक्रम समापन गर्दै संस्थाकी अध्यक्ष रमा देबी शाहले महिलाहरुको स्वास्थ्य समस्या बारे जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताईन् ।

संस्थाले महिला लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

 

  • १४ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech