नरैनापुरमा योग शिविर सम्पन्न

असल शासन प्रतिनिधि

बाँकेको नरैनापुर गाउँपालिकामा एक दिने योग शिबिर तथा स्वास्थ्य परिक्षण शनिबार सम्पन्न भएको छ ।स्वास्थ्य सम्बन्धि जानकारी दिने उदेश्यले नरैनापुर गाँउपालिकाको आयोजनामा भएको शिविरमा सहभागीहरुलाई योग गुरु गिरिराज भट्टराईले प्रशिक्षिण दिएका थिए ।

शिबिरको समापन समारोहमा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नेपालमा दिनानुदिन रोगीहरुको संख्या बढ्दै गइरहेको सन्दर्भमा योगका माध्यम बाट रोग नियन्त्रण गर्न सहयोग मिल्ने बताए । उनले मानसिक तनाब कम गर्न योग सबैले गर्नु आवश्यक रहेको बताउदै योग गर्न पालिकाले योग समिति संग सहकार्य गरी अगाडि बढ्ने बताएका थिए । योग गर्दा शरीर लचिलो बन्ने मात्रै नभइ मन र मस्तिष्क स्वस्थ हुने बताउदै शाहले योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्य क्षमतामा परिरहेको बताए ।

योग गुरु गिरिराज भट्टराईले योगाभ्यास गरेमा मन चंगा र शरीर पूmर्तिलो हुने र मानिसको विचार, चालचलन, भोजनशैली, आचरण आदिमा सकारात्मक परिवर्तन आउने बताउदै उनले भने मानिसमा असल चरित्र, गुण, चिन्तनको विकास हुन्छ, जसले लोककल्याणकारी काम गर्दछ । योगको अभ्यास गरी यसमा निपुण भएका साधकहरूलाई योगी भन्ने गरिएको हो । भट्टराईले योगले मन र शरीरलाई स्वस्थ र पूmर्तिलो बनाउनुका साथै असल चरित्रवान् व्यक्तित्वको निर्माण गर्ने भएकोले नरैनापुरवासीलाई योग अभ्यास गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नरैनापुरका स्वास्थ्य संयोजक नागेन्द्र कुमार शाह, योग प्रशिक्षकहरु सुमित्रा सुवेदी, संगिता शर्मा, निर्माला शाह लगायतले योगको माध्यमबाट आम नागरिकको स्वास्थ्य स्थितिमा सुधार गर्न योग समितिले काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । शिबिरमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, योग समिति नेपालका पदाधिकारी, गाँउपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । योग शिबिरमा सहभागि ५३ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य संयोजक शाहले जानकारी दिए ।

यसै गरी शिबिर कै क्रममा भरत महतोको संयोजकत्वमा ७ सदसिय योग समिति नरैनापुर शाखाको गठन गरिएको छ । समितिको सदस्यमा डा.सूर्य प्रकाश शाह, डा. गोपाल तिवारी, नागेन्द्र शाह, नबिन बुढा, रुपवरन यादव र माधव अधिकारी रहेका छन् ।

  • १७ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech