नेपालगन्ज/ पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिरको महाआरतीमा सहभागी भएका छन् ।
मूख्य कर्ता बनेर पूर्व राजा परिवार सहित सहभागी भएका हुन् ।
आफ्नो ५४औं वैवाहिक महोत्सवको अवसरमा सोमबार साँझको बागेश्वरीको महाआरतीमा पत्नी कोमलराज्य लक्ष्मीदेवी शाह, बुहारी हिमानी शाह र परिवारका अरु सदस्यसहित राजा ज्ञानेन्द्र सहभागी भएका हुन् ।
सिमसिम पानी परिरहेको अवस्थामा पनि राजपरिवारका सदस्यहरु छाता ओढेरनै महाआरतीमा सहभागी भएका थिए । महाआरतीमा सहभागी हुनु पूर्व राज परिवारले बागेश्वरी मन्दिरमा बिशेष पूजा अर्चना गरेका थिए भने जुङ्गे महादेवको दर्शन गरेका थिए ।
आरती स्थलमा राजपरिवारका सदस्यहरु पूग्दा उनीहरुका पक्षमा नारावाजी भएको थियो । आरती स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । आरतीमा हजारौँको सहभागिता रहेको थियो ।
आरती व्यवस्थापनमा बागेश्वरी गुठी समिति अध्यक्ष तथा साँसद डाक्टर धवल शमशेर राणा, नेपालगन्जका मेयर प्रशान्त बिष्ट, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्र नाथ योगी लगायत सक्रिय थिए ।
श्री बागेश्वरी मन्दिरमा हरेक सोमबार महाआरती हुँदै आएको छ ।