श्रीमानबाटै चन्द्राको बिभत्स हत्या

घटना स्थलमा भेटिए बियरका खाली बोत्तल र यौनशक्ति बढाउने औषधी

माधव कार्की

नेपालगञ्ज/खजुरा ४ की चन्द्रा सुनारलाई बिभत्स तवरले श्रीमानबाट हत्या गरिएको आफन्तले बताएका छन् ।

मृतककी आमा सानु सुनारले शुक्रबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरि सो कुरा बताएकि हुन् । आफ्नी जेठी छोरीको हत्या भएता पनि कहिंकतैबाट न्याय नमिलेको उनले बताईन् ।

जानकारी अनुसार, चन्द्राको १० बर्ष अगाडी नेपालगञ्ज १८ पशुपतिनगर स्थित उमेश सुनारसँग प्रेम बिबाह भएको थियो, ३ बर्ष अगाडी देखी उनीहरुको सम्बन्ध राम्रो नभएको र यही बैशाख २९ गते रोल्पाको सुनछहारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झर्ना झर्ने स्थानमा एक बच्चाकी आमा चन्द्रा मृत अबस्थामा फेला परेकी थिईन् ।

२७ बर्षिया मृतक चन्द्रा सुनार पोवाङ्ग रोल्पामा प्रहरी जवानमा कार्यरत उनका श्रीमान उमेश सुनारले झर्ना हेर्नका लागि बोलाएका थिए तत्पश्चात बैशाख २६ गते नेपालगञ्ज देखी छोरालाई लिएर उनी रोल्पा गएको पारिवारीक श्रोतको भनाई रहेको छ ।

उमेशले लामो समय देखी श्रीमती चन्द्रालाई भेटघाट तथा फोन सम्पर्क नगर्ने र घरमा पैशा समेत पठाउन छाडेका थिए तर एक्कासी घुम्न आउ भनेर गाडी भाडा बापत ५ हजार पैंशा समेत पठाएका थिए । शुरुमा जान ईन्कार गरेकी उनले श्रीमानबाट बारम्बार फोन आएपछि उनी रोल्पा गएको बताईन्छ ।

श्रीमती र छोरा सँगै घुम्न गएका उनीहरु नुहाउने क्रममा श्रीमती चिप्लेर पानीमा खसी मृत्यु भएको उनका श्रीमान उमेशले बताए पनि घटनास्थलमा मृतक नग्न अबस्थामा रहेको शरिरका बिभिन्न अङ्गमा चिथोरिएको, गाला टोकिएको, शरिरको तल्लो भागबाट रगत बगीरहेको साथै लासको वरीपरि बियरका खाली बोत्तलहरु, यौनशक्ति बढाउने ३ वटा ट्याब्लेटका खोलहरु भेटीएकाले पानीमा लडेर नभई हत्या गरि फालिएको तत्कालै घटना स्थल पुगेकी मृतक चन्द्राकी फुपु दिलमाया सुनारले पत्रकार सम्मेलनमा बताईन् ।

दुई तिन बर्ष देखी उनीहरु बिच मेलमिलाप नहुनु, फोन सम्पर्क कमै मात्रामा हुनु, उमेश अरुनै केटी सँग ब्यस्त हुनु, हिंडेर दुई घण्टा लाग्ने ठाउँमा श्रीमती र छोरासँग नुहाउन जानु, आफ्नी श्रीमतीसँग जाँदा पनि साथमा बियरका बोत्तल र यौनशक्ति बढाउने औषधी बोकेर लिनु, कुनै पनि मानिसहरुको चहलपहल नहुने ठाउँमा साँझको बेला नुहान गई अत्याधिक मात्रामा मादक पदार्थ र यौन उत्तेजनाको औषधी सेबन गरी जबरजस्ती शारिरीक सम्बन्ध गरी मेरो नातीनीलाई मारेको हुनसक्ने मृतकका हजुरबुवा देउमल सुनारले पत्रकार सम्मेलनमा जानकारी दिए ।

५ छोरी र एक छोरा मध्ये जेठी छोरी चन्द्रा बिबाह पश्चात घर परिवारको दबावका कारण माईतीमा कहिले काँही मात्रामा आउने र श्रीमान घरमा आउँदा मामदक पदार्थ सेबन गरी छोरी चन्द्रालाई नग्न बनाएर नाच्न लगाउने र घरपरिवारले सधै तनाबमा राख्ने गरेको गुनासो आफ्नो बहिनीहरुसँग बताएको बल्ल आफुलाई थाहा भएको मृतककी आमा सानुले बताईन् । उनले भनिन् — यो जानाजान हत्या हो ।
रोल्पामै हत्या आरोपीलाई किटानी जाहेरी दिंदा पनि कितानी दर्ता गर्न प्रहरीले नमानेको उनले बताईन् ।

गहभरी आँशु झार्दै सानुले हत्या आरोपी आफै प्रहरी भएकोले घटना प्रभाबित हुन सक्ने बताईन् । उनले आफुलाई न्याय प्रदान गरिदिनका लागि सहयोग गर्न सबैलाई आग्रह गरिन् ।

  • ५ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech