अनियमित बिद्युत सेवा बिरुद्ध  नेपालगञ्जमा खवरदारी

असल शासन प्रतिनिधि

नेपालगञ्ज/अनियमित बिद्युत सेवा बिरुद्ध  नेपालगञ्जमा खवरदारी गरिएको छ । बास नेपालको नेतृत्वमा सो खवरदारी गरिएको हो ।

नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रमा बिहान १०.०० बजे गरिएको खवरदारीमा स्थानीयहरुले बिद्युत अनियमितता बिरुद्ध प्रर्दशन गरेका थिए ।

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बिभिन्न बहानामा बिद्युत प्राधिकरणले उपभोक्त ठग्ने काम गरिरहेको बताए । उनले प्राविधिक कारण देखाउँदै बिद्युतले मनपरी गरिरहेको बताए ।

मिलाप नेपालगञ्जका अध्यक्ष रमेश राज रेग्मीले बिद्युत प्राधिकरणलाई सके बिद्युत सेवा नसके तालिका दिन माग गरे ।

खवरदारी सभाको अन्त्यमा नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसाललाई सात दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाईएको छ । ज्ञापन पत्र नागरिक समाजका तर्फबाट बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले हस्तान्तरण गरेका थिए ।

ज्ञापन पत्र ग्रहण गर्दै नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसालले समस्या समाधानका लागि बिद्युत लागिरहेको बताए ।

ज्ञापन पत्रमा नेपालकै बढि गर्मि हुने सहर मध्येको नेपालगञ्जका स्थानीयबासीहरु बिद्युत अनियमित हुँदा सास्ति भोग्न बाध्य भएको उल्लेख छ ।
हरेक बर्षको गर्मि समयमा जस्तै यस बर्षको गर्मियाम शुरु भएसँगै बिद्युत प्राधिकरणको मनपरी, अर्कमण्यता शुरु भएको छ –ज्ञापन पत्रमा भनिएको छ –कानुनी र कागजी रुपमा नेपालगञ्ज लोडसेडिंग मुक्त छ तर अघोषित लोडसेडिङ्ग छ ।

अदालतको आदेशलाई अवहेलना नगरे जस्तो हुने गरि अघोषित लोडसेडिङ्ग गर्ने गरिएको छ । बिभिन्न प्राबिधिक कारण देखाई बिद्युतले बिद्युत सेवा अवरुद्ध गर्ने गरेको छ । बर्ष भरि कानामा तेल हालेर सुत्ने गर्मि याममा ग्राहकहरुलाई सास्ति दिदै बिभिन्न बाहनामा बिद्युत अनियम अनियमित गर्नु गैर जिम्मेवारीको परकाष्टा हो ।

एक दिनमा बिद्युत सेवा कति समय, कहाँ, कहाँ अवरुद्ध हुने हो ? सो को जानकारी नदिई झ्याप, झ्याप बिद्युत सेवा काटिंदा त्यसको प्रत्यक्ष मारमा ग्राहकहरु पर्ने गरेको उल्लेख गर्दै ज्ञापन पत्रमा बिद्युतकोे समस्या समाधानका लागि गरिएको पहल बारे आम नागरिकलाई सुसुचित गराउने कार्य तर्फ बिद्युत अग्रसर नहुनुका साथै नागरिकहरुको गुनासो व्यवस्थापन गर्न समेत नसकेको उल्लेख छ ।

बिद्युत सेवा अनियमित हुँदा उपभोक्ताले कहाँ, कसरी, कुन माध्यमबाट गुनासो गर्ने, गुनासो सुनुवाईको व्यवस्था बारे जानकारी गराउन समेत बिद्युत अग्रसर नहुने गरेको, आम नागरिकहरुका तर्फबाट गत बर्ष उपलब्ध गराईएको टोल फ्रि नम्वरको समेत सहि सदुपयोग नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

बिद्युत अनियमितताका बिरुद्ध आम नागरिकहरुका तर्फबाट खवरदारी सहित तत्काल बिद्युत सेवा नियमित गर्न, नागरिकहरुको सूचनाको हक सुनिश्चित गर्न र नागरिकहरुका गुनासो व्यवस्थापन गर्न १ हप्ते अल्टिमेटम सहित ज्ञापन पत्र नागरिक समाजका तर्फबाट बुझाईएको उल्लेख गर्दै अन्तमा भनिएको छ– अन्थथा चरणबद्ध दवावका कार्यक्रममा जान हामी बाध्य हुने छौं ।

  • ११ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech