दिदि बहिनी नेपाली पात्रो सार्वजनिक

असल शासन प्रतिनिधि

बाँके/महिलाहरुको हक, हितका लागि क्रियाशिल गैर सरकारी संस्था दिदि बहिनी समाज, बाँकेले प्रकाशन गरेको दिदि बहिनी नेपाली पात्रो सार्वजनिक गरिएको छ ।

२०७८ फाल्गुण १२ गते स्थापना भएको उक्त संस्थाले प्रकाशन गरेको २०८० को नेपाली पात्रो एक कार्यक्रमका बिच जेष्ठ १४ गते सार्वजनिक गरिएको हो ।

संस्थाका गतिविधिहरु झल्किने तस्विर सहितको उक्त भित्ते पात्रो संस्थाका पदाधिकारीहरुले सार्वजनिक गरेका हुन् ।

संस्थाकि अध्यक्ष रमादेवि शाह, सचिव लुना बुढाथोकी, कोषाध्यक्ष कमला वली क्षेत्री, सदस्यहरु सिता बोहरा, शिवा बोहरा, जानकी के.सी., पूर्णिमा हमाल, पार्वती कडायत लगायतले बोलेका नेपाली पात्रो सार्वजनिक गरेका थिए ।

भित्ते पात्रो सार्वजनिकरण कार्यक्रममा बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै संस्थाकि अध्यक्ष रमादेबि शाहले महिला हक, अधिकारका पक्षमा बिभिन्न गतिविधिहरु सञ्चालन गर्ने क्रममा संस्थाका गतिविधि झल्किने भित्ते पात्रो प्रकाशन गरिएको बताईन् । उनले भित्ते पात्रो प्रकाशनमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिईन्, कार्यक्रम सञ्चालन सचिव लुना बुढाथोकीले गरेकि थिईन् ।

  • १४ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech