लागुऔषध न्युनिकरणका लागि बृत्तचित्र

असल शासन प्रतिनिधि

नेपालगञ्ज /नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा लागु औषध बिरुद्ध निशुल्क परामर्श केन्द्र नेपालगञ्ज बाँकेले वडाका बिद्यालयमा लागु औषध प्रयोग रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके,लागु औषध नियन्त्रण ब्युरो,बाँके र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको समन्वय मा आयोजित छलफल तथा हाजिरजवाफ प्रतियोगिता वडा नम्बर ६ का सिद्धार्थ बिद्या सदन र फुलटेक्रा माबि मा आयोजना गरिएको हो ।

लागु औषध प्रयोगकर्ताहरुमा हुने असर त्यसबाट ब्यक्ति र समाजमा हुने असरका बारेमा बिद्यालयका बालबालिकाहरुमा जनचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको छलफल ,अन्र्तक्रियात्मक कार्यक्रमका साथै हाजिरजवाफ प्रतियोगिता सञ्चालन गनर््ुका साथै सामुदायिक प्रहरी साझेदारी भन्ने उद्धेश्यका साथ फुलटेक्रा चोक र रामनगर चोकमा लागु औषध न्युनिकरण सम्बन्धी बृत्तचित्र प्रदर्शन गरिएको थियो ।

  • १५ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech