बैतडीको गोकुलेश्वरबाट ११ बुँदे घोषणापत्र जारी

असल शासन प्रतिनिधि

बैतडी/ ११ बुँदे घोषणापत्र जारी गर्दै बैतडीको गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल भारत काव्य गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ गोकुलेश्वरमा आयोजना गरिएको साहित्य गोष्ठी २०८० सम्पन्न भएको हो ।


डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकास जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकद्वारा संयुक्त हस्ताक्षरित घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको हो । जारी गरिएको घोषणा पत्रमा चर्मण्यावती तटीय क्षेत्रको संरक्षण तथा विकासका लागि चर्मण्यावती छटीय क्षेत्र विकास समिति गठन गर्ने, हरेक बर्ष जेष्ठ शुक्ल दशमीका दिन चर्मण्यावती दिवस घोषणा गरी नदी दिवस का रुपमा मनाउने, स्थानीय भाषा, साहित्य, कला, संस्कृती, मानवशास्त्र, ईतिहासको क्षेत्रमा कार्य गर्न स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने, साहत्यि गोष्ठीको समग्र बिषयबस्तु समेटेर स्मारिका प्रकाशन गर्ने, स्थानीय संरचनाको संरक्षण गर्दै पर्यटन तथा रोजगारसँग जोड्ने गरी कार्यक्रम सञचालन गर्ने, पालिका स्तरमा अल्पकालिन र दिर्घकालिन योजना तयार गर्ने, स्थानीय मौलिक सम्पदा संरक्षणकालागि पहल गर्ने, स्थानीय पाठ्यक्रम (कक्षा १ देखि ८) तर्जुमा गर्ने, प्रतिभाहरुको प्रोत्साहन तथा कृति प्रकाशनमा सहयोग गर्ने, स्थानीय संस्कृति कर्मीहरुलाई प्रशिक्षण गर्ने र साहित्यीक सांस्कृतीक आदान प्रदानका लागि छिमेकी सीमावर्ती समुदायसँग विभिन्न कार्यक्रमका माध्यमले सम्बन्ध विस्तार गर्ने रहेको राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकले असल शासनलाई बताए ।
साहित्य गोष्ठीमा भारतका साहित्यकार तथा लेखक एवं नसामुक्त अभियानका अभियन्ता डा. पिताम्बर अवस्थीले स्थानीय न्वाला, कुवा, पँधेरा एवं पहिरनहरुको संरक्षण गर्नुपर्ने धारणा राखेका थिए । जेष्ठ १५ गते सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले उद्घाटन गरेको कार्यक्रममा नेपाल र भारतका दुई दर्जन बढी साहित्यकारहरुको उपस्थिती रहेको थियो । बैतडीको गोकुलेश्वरमा यति ठुलो साहित्य गोष्ठी पहिलो पटक भएको र यसले स्थानीय श्रोत साधनको प्रचार प्रसार र संरक्षणमा महत्वपूर्ण हुने भन्दै स्थानीयहरुले खुसी ब्यक्त गरेका थिए ।

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech