ढकेरी सडक दुर्घटना, दुई जनाको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको ढकेरीमा दुर्घटना भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार र पूर्वतर्फ जाँदै गरेको बस मङ्गलवार साँझ करिब ६:३० बजे बाँकेको राप्तीसोनारी गाउँपालिका ८ ढकेरीमा दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्खेत वीरेन्द्रनगर स्थित श्री कृष्ण माध्यमिक विद्यालय, ईत्रामका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा.सन्जु खड्का र कार चालक गोरखाका ३७ बर्षिय सुवास अधिकारीको निधन भएको छ । डा. खड्का सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काकी पत्नी हुनुहुन्छ ।

दाङबाट बाँकेतर्फ आउँदै गरेको ब १३ च ८२५३ नम्बरको कार र भे १ ख ३३३५ नम्बरको बस एकआपसमा जुधेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा यात्रा गर्नेहरू मध्ये ६ जना सामान्य घाइते छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको र बस चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • १६ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech