धुम्रपान नगर्न युवाहरुको सामुहिक अपिल

बाँके, हुम्ला र डोटीमा जनचेतना मुलक नाटक प्रर्दशन

असल शासन प्रतिनिधि

नेपालगन्ज । सुर्तीजन्य पदार्थले सबै उमेर समुहका ब्यक्तिहरुलाई रोगी बनाईरहेकाले सचेत हुनुपर्ने सन्देस युवाहरुले प्रवाह गरेका छन् ।
धुम्रपान रहित दिवसको अवसरमा बाँकेको नेपालगन्ज, हुम्लाको सिमकोट र डोटीको शिलगढीमा बास नेपालद्धारा आयोजित जनचेतना मुलक सडक नाटकका माध्यमबाट आम नागरिकहरुमा यस्तो सन्देस प्रवाह गरिएको हो ।


हामीलाई स्वास्थ्य चाहीन्छ, सुर्तीजन्य पदार्थ होईन भन्ने नाराका साथ मनाईएको धुम्रपान रहीत दिवसको अवसरमा नेपालगन्जको धम्बोझि चौकमा सडक नाटक प्रश्तुत गरीएको थियो । नाटकले धुम्रपानको तलमा युवाहरु कसरी फसेका छन्, त्यसले परिवार र समुदायमा कस्तो प्रभाव पारेको छ र अन्तः त्यसले ल्याउने परिणाम कस्तो हुन्छ भन्ने कुरा नाटकको माध्यमबाट प्रर्दशन गरेको थियो । धुम्रपानको सेवनले अन्ततः मृत्यु बरण हुने भन्दै कसैले पनि धुम्रपान नगर्न कलाकारहरुले सन्देस दिएका थिए । उनीहरुले धुम्रपान आफु पनि नगर्ने र अरुलाई पनि नगर्न अपिल गर्ने प्रतिबद्धता गरेका थिए । सयौको सख्यामा आम नागरिकहरुले अवलोकन गरेको नाटकमा बासका कलाकारहरु रबिन्द्र बोहरा, अशोक रावल, शोभा थापा मगर, गिता बिक, रमीता शाह लगायतले अभिनय गरेका थिए ।


सडक नाटक बास बाँके शाखाको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज मेडिकल कलेजको सहकार्यमा सम्पन्न भएको हो ।
यसैगरी बास डोटी शाखाको आयोजना तथा दिपायल शिलगढी नगरपालिकाको सहकार्यमा दिपायलको पद्म पब्लिक मुक्तिनारायण बिधालय सिलगढीमा सडक नाटक प्रश्तुत गरिएको थियो । पछिल्लो सयम धुम्रपानको जोखिममा युवा बिद्यार्थीहरु भएकाले उनीहरुलाई सचेत र सजग गराउन बिद्यालयमा नाटक प्रर्दशन गरिएको बास डोटी शाखाका सरिता कठायतले बताईन् । उक्त सडक नाटकमा जिल्ला बाल क्लबका अध्यक्ष सपना मलासि, आकाश नेपाली, विवेक नेपाली, अनिसा बराल, आशा विष्ट, सुस्मिता नेपाली र सन्दिप नेपालीले अभिनय गरेका थिए । नाटक बास डोटी शाखाको आयोजना तथा दिपयाल शिलगढी नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा सम्पन्न भएको थियो ।


यसैगरी हुम्लाको सिमकोटमा बास हुम्ला शाखाको आयोजना तथा सिमकोट गाँउपालिकाको सहकार्यमा जनचेतना मुलक सडक नाटक गरिएको थियो ।

  • १८ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech