सेवाग्राही कक्षमा सेवाग्राहीहरुलाई सास्ती

माधव कार्की

नेपालगञ्ज/ जिल्ला प्रशासन कार्यालय बाँकेको सेवाग्राहीकक्षमा सेवाग्राहीहरुलाई सास्ति भएको छ ।

दिनहुँ दुई सय बढि सेवाग्राहीहरु नागरिकता बनाउन र नागरिकता प्रतिलिपी बनाउन सेवाग्राहीहरु सो कार्यकक्षमा जाने गर्दछन् ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँगको पालामा बातानुकुलित सेवाग्राही कक्षको उद्घाटन गरिएको थियो । उक्त कक्षमा सेवाग्राहीहरुलाई बस्ने उचित व्यवस्था हुनुका साथै एसि, टोकन प्रणाली जडान गरिएको थियो ।

नागरिकहरुको लागि बनेका सरकारी भवनहरुमा सबै तहका कर्मचारीलाई आसनको ब्यवस्था हुन्छ तर सेवाग्राहीको लागि बस्ने ठाउँ कहिँ कतै देखिदैन, मानौ सरकारी संरचनाहरु कर्मचारीहरुको लागि मात्रै हो । यहि कुराको महसुस गर्दै नेपालगन्ज स्थित सबै वडाहरुको सहयोगमा जिल्ला प्रशासन कार्यालय बाँकेमा ३६ लाख लागतमा टोकन प्रणाली, Air condition, पिउने पानी सहितको १०० जना क्षमताको अत्याधुनिक सेवाग्राही कक्ष संचालनमा ल्याईएको थियो ।

२०७७ मंसिर २४ गते भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाँग र नेपालगञ्ज उपमहानगरपालिकाका तत्कालिन प्रमुख डाक्टर धवल शम्शेर राणाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

निकै प्रशंसा कमाएको उक्त सहायता कक्ष अहिले आएर सो कक्षमा एसिको त कुरै छाडौं, पंखा समेत चल्दैनन्, चर्काे गर्मीमा घण्टौं कुरेर सेवा लिन बाध्य छन् सेवाग्राहीहरु ।

बिभिन्न कागजी प्रकृयाहरु मिलाउँदा, मिलाउँदै सेवाग्राहीहरु लगातार तिन चार दिन सम्म सेवा लिन जान बाध्य भएको सेवाग्राहीहरु गुनासो गर्दछन् ।

असाध्यै चर्काे गर्मिमा वाफिएर सेवा लिएको नेपालगञ्ज वडा नम्बर ६ बाट सेवा लिन पुगेकी जेष्ठ नागरिक ९० बर्षिया गेहेन्द्र नाउ बताउँछिन । नाम नबोलाए पछि झ्यालमा गएर काम भए नभएको भनेर सोध्न खोज्दा एक घण्टा सम्म उक्त फाँटका कर्मचारीनै कार्यकक्षमा नरहेको उनको गुनासो रहेको छ ।

नेपालगञ्ज १२ का सेवाग्राही दल बहादुर गुरुङ्ग काम गर्न ढिलाई हुनुका साथै सेवाग्राहीहरु बस्ने ठाउँमा गर्मीले हैरान बनाउने गरेको बताउँछन् ।
नेपागञ्जको टन्टलापुर गर्मीलाई छिचोल्दै सेवा लिन भित्र पसेका सेवाग्राहीहरु पाँच मिनेटमै नुहाएसरी अबस्थामा पुग्ने गरेको गुरुङ्ग बताउँछन् ।
उनी भन्छन्– कार्यालका प्रत्येक कोठामा यसी चलिरहेका छन तर हामी सेवाग्राहीहरुलाई भने भित्तामा झुण्ड्याईएका एसी हात्तीका देखाउने दाँत मात्र भएका छन् । न त बस्नलाई उचित कुर्सीहरु नै छन, भएका पनि भाँचिएका छन् । उता जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरुलाई कुनै पनि लाईनमा बस्न नपर्ने भनिएता पनि नब्बे, पन्च्चानब्बे पुगेका बृद्धबृद्धाहरु भुईमै बस्न बाध्य छन् ।

नागरिकता प्रतिलिपी निकाल्नकै लागि खजुरा २ बाट दुईदिनदेखी जिल्ला प्रशासन धाईरहेका हरी बहादुर खड्का भित्र सेवाग्राही बस्ने ठाउँ भन्दा बहिर टन्टलापुर घामनै उपयुक्त हुने गुनासो सुनाउँछन् । सुबिधा सम्पन्न शहरमा रहेको जिल्लाकै मुख्य सरकारी कार्यालयको हबिगत यस्तो अबस्थामा रहेको छ भने अन्य सरकारी कार्यालयको अबस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

सेवाग्राहीहरुको गुनासो बारे प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य उक्त समस्याको बारेमा जानकार भएको र समस्या समाधानका लागि आफुले छिटै पहल गर्ने बताउँछन् ।

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech