६ प्रश्नमा लोक बहादुर शाह

लोक बहादुर शाह, अधिबक्ता

१. तपाईको जीवनको आर्दश के हो ?
– मेरो जीवनको आदर्श सकारात्मक सोच अनि न्यायबाट बञ्चित ब्यक्तिहरुका लागि उनीहरुलाई न्याय दिलाउनु, पैरबी गर्नुनै हो ।

२. कसको उत्पे्ररणाले तपाई यहाँसम्म आई पुग्नु भयो
– मेरो आमा, बुवा घरपरिवारका उत्प्रेरणा र जिवनमा आएका उत्तारचढावका कारण यहाँ सम्म आईपुगेको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– नितान्त समाजकै लागि मात्र नभई आफ्नै पेशा ब्यवसाय साथ साथै सामाजिक सरोकारका बिषयहरुमा बढि केन्द्रीत भएर न्याय नपाएका तथा पहुँच नभएका ब्यक्तिहरुलाई न्याय दिलाउने काम गरीरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– बच्चै देखी हाँसीरहने बानी भएकाले सानोमा बिद्यालय जाँदा नजिकैको अर्को बिद्यालयमा पढाउने सर सँग भेट हुँदा सर रिसाएर किन हाँसेको भनेर पिटेको क्षण मेरो लागि अबिश्मरणिय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– ईमान्दारिता, निश्पक्षता र पारदर्शिता नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– समाजमा रहेका बिपन्न ब्यक्तिहरुका लागि र न्याय नपाएका ब्यक्तिहरुको लागि न्याय दिलाउनुका साथै सुशासन युक्त समाज निर्माण गर्न लागि पर्ने प्रतिबद्धता जाहेर गर्दछु ।

प्रश्तुती : माधव कार्की

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech