बहुआयामिक व्यक्तित्व दिपचन्द्र

असल शासन प्रतिनिधि

भनिन्छ समाजमा केही काम गर्न उमेरले छेक्दैन । त्यस्तै गर्बिलो उदाहरणीय व्यक्ति हुन् हिमाली गाँउपालिका ७ बाजुरामा जन्मिएका दिपचन्द्र उपाध्याय ।

कक्षा ५ सम्म घरमै औपचारीक शिक्षा लिएका दिपचन्द्र २०१४ पौष १४ गते बुवा कृष्ण प्रशाद उपाध्याय आमा महामती उपाध्यायको माईलो सन्तान हुन् । उनले कक्षा ६ बाट मात्रै पठनपाठनको लागि बिद्यालय जान पाएका थिए । स्वर्गीय हजुरबुवा जादु उपाध्याय शिक्षक पेशामै रहेर समाजमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको र स्वर्गीय दाजु रुपचन्द्र उपाध्याय पनि लामो समयसम्म शिक्षा क्षेत्रमै काम गरेको आफुले सानै देखी नियालिरहेकाले आफुमा पनि शिक्षक बनेर समाजमा सेवा गर्ने प्रेरणा मिलेको बताउँछन् उनी ।

शिक्षकको अलावा देउडा गायक धार्मिक व्यक्तित्व हुन् । दिपचन्द्रले जन प्रकाश माबि बाट एस एल सी उत्तीर्ण गरेका थिए भने २०३८ मा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट कानुन बिषय लिएर आई एल उतिर्ण गरेका थिए । उच्च शिक्षामा उत्कट चाहना भएकाले जन प्रकाश माबि कोल्टी बाजुरा बाट २०६८ मा उगले आई एड उतिर्ण गरेका थिए । जति पढेपनि पढौं पढौं लाग्ने भएकाले पनि आफु शिक्षक पेशाबाट अबकाश भईसक्दा पनि हाल जनता माध्यमिक बिद्यालयको ब्यबस्थापन समितिको अध्यक्षमा काम गर्दै आएका दिप चन्द्र शिक्षण पेशामा काम गर्दै गर्दा आफु कयौं दिन भोकै बस्नु परेको अनुभव सुनाउँछन् । उपाध्याय (पूजा गर्ने ब्राम्हण) भएकाले भान्सादेखी बाहिर नखाने भएकाले कहिले काँही केही कार्यक्रम तालिममा जाँदा भोकै बस्नु परेको उनको अनुभव छ ।

समाजमा रहेका कुनैपनि बालबालिकाहरु शिक्षाबाट बञ्चित नहोउन् भन्ने आदर्श बोकेर हिडेका दिपचन्द्रले पढाएका ब्यक्तिहरु अहिले डक्टर, ईन्जििनियर देखी मन्त्री सम्म बनिसकेका उनी बताउँछन । ४१ बर्ष सम्म पढाएर समाजलाई शिक्षित बनाएर उल्लेखनिय योगदान दिएका अबकास प्राप्त शिक्षक हुन् । अवकाश पश्चात उनी बिश्राममा छैनन्, सृजनशिलतका पाईलाहरु अघि बढिरहेका छन् ।

हाल नेपालगञ्जमा रहेका उनले प्रेतमञ्जरी तथा कर्मकाण्ड पूजा पद्धति नामक धार्मिक पुस्तक प्रकाशनका लागि कम्मर कसेर लागेका छन् ।
धर्म, संस्कृति, परम्पराका धनि हामी नेपालीलाई जोड्ने, नैतिकवान बनाउने काम पनि धर्म, संस्कृतिलेनैं गरिरहेको उनको भनाई रहेको छ । ४२ बर्ष अनवरत रुपमा बाजुरा जिल्लामा शिक्षण सेवासँगै धार्मिक सेवा गरेका उपाध्यायले प्रकाशन हुन लागेको धार्मिक पुस्तकबाट हरेक मानिसको ग्रह शान्ति, देहवासन पछि गरिने अन्तिम संस्कार, बार्षिक कार्य लगायतका कर्महरुका बारेमा जान्न र गर्नका लागि सहज हुने बिश्वास उनले गरेका छन् ।

परापूर्ब काल देखि गरिदै आएका कर्महरु बारे पुर्खाले लेखेका हस्तलिखित बिधिहरु संकलन गरि खस संस्कृत भाषामा उनले धेरै मेहनत गरेर सो पुस्तक तयार गरेका छन् । उनको मेहनत, लगाव र धर्म प्रतिको बिश्वासको जति प्रशंसा गरे पनि कम हुन्छ । धार्मिक व्यक्तित्व उपाध्यायले यो पुस्तक तयार गरि हिन्दु धर्मका अनुयायीहरुका लागि ठूलो गुन लगाएका छन् ।

लेखक बन्ने हुटहुटी बोकेका दिप चन्द्र पहिले देखी नै गित, गजल, कथा, कबिताहरु लेख्दै आएका थिए । आफु् समाजमा भएका पुराना कुरितीहरुलाई निर्मुल पारेर परिवर्तित समाज बनाउन प्रतिबद्ध रहेको बताउँदै उनले देशमा रहेका बेतिथी बिसंगती अन्याय अत्याचारका बिरुद्ध पनि लाग्ने बताए । उनको आगामी यात्रा अझैं नागरिक प्रति समर्पित भएर बितोस् हाम्रो शुभकामना ।

प्रस्तुती : माधव कार्की

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech