अस्पतालमा घन्किन्छ स्पिकर

असल शासन प्रतिनिधि

साविकको मध्य र सुदुर पश्चिमकै ठूलो सरकारी अस्पताल भेरी अस्पताल पुरानो अस्पताल हो । जहाँको कोठा नम्वर १८ मा भिडियो एक्सरे गरिन्छ । तर अचम्म अस्पताल जस्तो संबेदनशिल ठाउँमा घनघनि चर्काे आवाजमा गित बजाउने गरिदो रहेछ ।

मेरो आफन्तको भिडियो एक्सरे गर्न जाँदा मैले चर्काे श्वरमा गित बजेको सुनें, यसो हेर्दा त्यहाँ त स्पिकरनै जोडिएको रहेछ । स्पताल जस्तो संबेदनशिल स्थानमा गित बजाएर बस्नु कत्तिको जायज हो ? यस्तो हर्कतबाट अस्पताल हो कि फिल्म हल छुट्याउन गाह्रो भयो । यस्तो गलत कार्यभईरहँदा अस्पताल प्रशासन किन मौन छ ? के यसरी गित बजाउँदै रमाईलो गर्ने थलो हो अस्पताल ? सरोकारवालाहरुले उत्तर दिन पर्दैन र ?

एक प्रत्यक्षदर्शी

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech