६ प्रश्नमा गार्गी नेपाल

असल शासन प्रतिनिधि

गार्गी नेपाल
संस्थापक अध्यक्ष, एक्सेस प्लानेट अर्गनाइजेसन, भक्तपुर

१. तपाईको जीवनको आदर्श के हो ?
– मेरो जीवनको आदर्श काम हो, आफुले रोजेको काम गर्न पाउँदा मलाई आनन्द आउँछ ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– घर परिवार र आफ्नो संघर्षनैं मेरो प्रेरणाको श्रोत हो । जसको कारण म यहाँ सम्म पुगेको छु ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– अपाङ्गता भएका महिलाहरुलाई अबसर प्रदान गर्ने, उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक बनाउनका लागि मैले धेरै अभियानहरु सञ्चालन गरिरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– मेरो जीवनको अविष्मरणीय क्षण भनेको युसए जान छनौट भएको दिन हो । २०७५ सालको एक दिन म नेपालगञ्ज उपमहानगरपालिकामा हुँदा मैले ईमेल खोले, ईमेल हेर्दा म युएसएका लागि छनौट हुँदा असाध्यै खुसी भएको थिए । ४ महिनाको लागि म युएसए गएर हामी जस्तै संस्थामा बसेर काम गर्न पाएँ, धेरै अनुभव हासिल गरें ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
– असल शासन भनेको भ्रष्टाचार नहुनु हो, हरेक कुरामा पारदर्शिता हुनु हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– आफुले सके सम्म समाजको लागि योगदान दिने र महिलाहरुका लागि सशक्तीकरण गर्ने मेरो प्रतिबद्धता रहेको छ ।

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech