बर्फानीमा हाईकिङ् र सरसफाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/ श्री जनता मा.वि. पूर्व विद्यार्थी समाजको आयोजना र राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा बाँके जिल्लाको धार्मिक पर्यटकीय स्थल बाबा वर्फानी सम्मको हाइकिङ्ग कार्यक्रम तथा मन्दीर परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

पूर्व विद्यार्थी समाजका सल्लाकार ओम प्रकाश देवकोटाको संयोजकत्वमा आयोजित सो कार्यक्रम नेपालगंजको धम्वोझीबाट शुभारम्भ भई विनौना, वैजापुर हुँदै मन्दीर परिसर सम्म पुगेको थियो ।

कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष एवं राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता मीन राज खड्काले उपस्थित सम्पुर्ण पूर्व विद्यार्थीलाई खादा लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा भ्रमणको उदेश्य माथी श्री जनता मा.वि. पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले समाजले गर्ने विभिन्न कार्यक्रम मध्य सामाजिक कार्यक्रम अन्तर्गत सरसफाई एवं धार्मिक क्षेत्रको अवलोकन, खजुरा गाउँपालिका क्षेत्रका विद्यार्थीहरु र राप्ती सोनारी पालिका साथै सय क्षेत्रका विद्यार्थी विच आपसी सद्भाव कायमका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

वडा नं. ४ का वडाध्यक्ष खड्काले यो कार्यक्रमबाट आफु प्रभावित भएको र आफ्ना पालिकामा समेत पूर्व विद्यार्थी गठनको लागि पहल, सहयोग र सहकार्य गर्दै विभिन्न सामाजिक र मानवीय कार्यमा यूवा वर्गलाई संलग्न गराउने वताए ।

कार्यक्रमका संयोजक तथा राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले यस्ता कार्यक्रमले समाजलाई सकारात्मक सन्देश दिने र यूवाहरुलाई थप जिम्मेवार वनाउने र मानीसमा सामाजिक मनोभावना पैदा गर्ने र यस क्षेत्रकै धार्मिक पर्यटकीय स्थानको व्यापक प्रचार प्रसार गर्ने वताउनु भयो ।
कार्यक्रममा समाजका पधादिकारी, सदस्य, सल्लाकार, आजिवन सदस्य, सुभचिन्तक र राप्तीसोनारी पालिकाको टिम समेतको उपस्थिती रहेको थियो ।

मन्दिर परिसरमा सरसफाई, भजन कृतन कार्यक्रम समेत गरिएको थियो भने बाबालाई समाजको तर्फबाट दोसल्ला, टोपी, मालाले समाजका अध्यक्ष शर्मा र कार्यक्रम संयोजक देवकोटाले संयुक्त रुपमा सम्मान गरेका थिए ।

कार्यक्रम आयोजना गर्न सहकार्य गर्ने राप्ती सोनारी गाउँपालिका परिवारलाई समाजका अध्यक्ष झविलाल शर्माले धन्यवाद दिएका थिए । कार्यक्रमको समापन मन्तव्य यस कार्यक्रमका संयोजक ओम प्रकाश देवकोटाले गरेका थिए ।

  • २० जेष्ठ २०८०, शनिबार प्रकाशित

  • Nabintech