वातावरण संरक्षण गर्न सामुहिक प्रतिबद्धता

बाँकेमा बृक्षारोपण र सचेतनामुलक नाटक प्रर्दशन

हेम राज भट्ट

नेपालगन्ज । वातावरण सफा राख्न बिरुवा रोपौं, जथाभावी फोहोर मैला नगरौं, प्लाष्टिक जन्य बस्तुको प्रयोगमा न्यूनीकरण गरौं भन्दै युवाहरुले सामुहिक प्रतिबद्धता गर्दा कार्यक्रमका अतिथि तथा सहभागिले तालि बजाएर ऐक्येबद्धता जाहेर गरेका थिए ।


प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं भन्ने मुल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा श्री राम माबि कोहलपुरमा भएको कार्यक्रमका बिच बास नेपालका कलाकारहरुले नाटक प्रर्दशन गरेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी विपन आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नाटकको माध्यमबाट कलाकारहरुले जथाभावी फोहोर मैला फाल्दा वातावरणमा परेको प्रभाव, त्यसले मानव जिवनमा परेको असर, वातावरण विनासका कारण, बृक्षारोपणका फाईदाका बिषयमा कलाकारहरुले अभिनय गरेका थिए । झण्डै २० मिनेट कलाकारहरुले मन्चमा अभिनय गर्दा कार्यक्रमका सहभागिहरु निकै अभिरुचिका साथ हेरीरहेका थिए । नाटकको अन्त्यमा सबै कलाकारहरुले सामुहिक प्रतिबद्धता गरेसँगै बिद्यालय प्रांगणमा विरुवा रोपेर बृक्षारोपणको शुरुवात गर्न कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आचार्यलाई अनुरोध गरिएको थियो । नाटकको समापनसँगै प्रमुख जिल्ला अधिकारीले बिरुवा रोपेपछि कार्यक्रममा सहभागि अतिथि तथा सहभागिहरुले सामुहिक रुपमा झण्डै ५० ओटा बिरुवा रोपेका थिए ।


कार्यक्रमको समापनका बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी आचार्यले वातावरण दिवको अवसरमा मात्रै नभएर अरु समयमा समेत वातावरण संरक्षणमा गम्भिर हुनुपर्नेमा जोड दिएका थिए । घरआगन, सार्वजनिक स्थानमा रुख रोप्ने तथा वनजंगलको संरक्षणमा लाग्न सबैलाई उनको अपिल थियो । बृक्षारोपण गरिएका बिरुवाहरुको रेखदेख र संरक्षणमा जोड दिन उनले बिद्यालय ब्यवस्थापनलाई अनुरोध गरेका थिए ।


यसैगरी कार्यक्रममा बोल्दै डिभिजन बन कार्यालय बाँकेका प्रमुख अजित कुमार कर्णले वातावरणलाई सफा र स्वच्छ राख्ने सबैभन्दा सजिलो उपहार बिरुवा रोप्नु भएको बताए । उनले कार्यक्रमका सहभागिहरुलाई प्लाष्टिकको प्रमुख कम गर्दै जान समेत अनुरोध गरे । विगतका बर्षहरु देखि नै वातावरण दिवस मनाउदै आएको भन्दै यस पटक बिद्यालय परिसरमा रोपीएका बिरुवाको उचित संरक्षण गर्न बिद्यालयलाई अनुरोध गरे ।


डिभिजन बन कार्यालयको आयोजना, बास नेपाल र दलित महिलासँग फेडोको समन्वयमा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौर, डिभिजन बन अधिकृत अजित कुमार कर्ण, ससत्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेका रमेश बिक्रम शाही, श्री राम माबि कोहलपुरका प्रधानाध्यापक जितेन्द्र प्रसाद यादब, कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष लाल बहादुर राना, बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, बासका निर्देशक हेमराज भट्ट, दलित महिला सँघ फेडोका संयोजक दिलिसा गौतम, ब्रह्म कुमारी इश्वरीय विद्यालय एबम् सहयोग प्रशिक्षण केन्द्रका उपप्रमुख मुना दिदि, कलाकार जित बहादुर थापा, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन रेन्जर दिप बहादुर शाहीले गरेका थिए ।

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech