वन व्यवस्थापनमा कलाकारको सन्देश

रबिन्द्र बोहरा

कपिलवस्तु/कपिलवस्तुको चन्द्रौटामा आयोजित एक कार्यक्रममा राष्ट्रिय कलाकारहरुले वन जोगाउन तथा यसको व्यवस्थापन गर्न कलाकारितको माध्यामबाट सन्देश प्रवाह गरेका छन् । डिभिजन वन कार्यालय चन्द्रौटा (गौतम बुद्ध) र बास नेपालको संयुक्त आयोजनामा शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटामा २२ गते सोमबार सम्पन्न वनसँग सेलिब्रेटी कार्यक्रममा राष्ट्रिय कलाकारहरु पुर्णकाल वि.सि., पुर्ण थापा, कमल वि.के. निरमोही र अशोक रावलले गीतको माध्यमबाट वन संरक्षण गर्न, वन डढेलो नियन्त्रण गर्न वन्यजन्तु संरक्षण गर्न, वृक्षारोपण गर्न सन्देश प्रवाह गरेका हुन् ।

डिभिजन वन कार्यालय चन्द्रौटा (गौतम बुद्ध)का डिभिजन वन अधिकृत बेसिन्द्रराज सुवेदीको अध्यक्ष्ता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय अर्जुन के.सी. को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख अजय थापा, इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख बाबुराम आचार्य, कपिलवस्तु, गौतमबुद्ध र शिवराज साझेदारी वन उपभोक्ता समितिका अध्यक्षहरु, वैज्ञानिक वन महासंघका अध्यक्ष रेनु सेन लगाएतका व्यक्तिहरु कार्यक्रममा अथितिको रुपमा उपस्थिती रहेको थिए ।

३०० बढि सहभागी रहेको कार्यक्रममा गायीका पुर्णकला बि.सि.ले वन रहे रहन्छ यो जीवन, यस्तै ठाउँमा वस भन्छ यो मन, रुख रोपौँ मिलेर सबैल,े यही कुरा जन्नु हो सबैले जस्ता भाव समेटेका गीहरु प्रस्तुत गरिन् भने सबै सहभागीलाई वन अक्रिमण नगर्न, वन जोखाउन अनुरोध गरिन् । कलाकार पुर्ण थापाले वन जोगाउँ है सबैले भन्दै आफ्नो जन्मदिन लगाएत शुभ अवसरमा विरुवा रोप्न सन्देश दिए । त्यस्तै कलाकार अशोक रावलले सनासाना गल्तीले वन डढेलो लाग्ने भएकोले त्यस्ता गल्ति नगर्न गीत र नाट्य भावबाट सन्देश दिए ।

त्यस्तै कार्यक्रममा वरिष्ठ कलाकार कमल वि.के. निरमोहीले वन विना जीवन कल्पना समेत गर्न नसकिने भएकोले वन जोखाउन अति आवश्यक रहेको बताए भने कलाकार मेनुका श्रीस र करिष्मा आचार्यले नृत्य प्रस्तुत गरिन् ।

कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य माननीय अर्जुन के.सि.ले वन जोखाउनु पर्छ भन्ने विषय सबैलाई बोध भए तापनी मानिसले व्यक्तिगत निजी लाभको लागि वनको विनाश गरीरहेको बताए । त्यस्तै मानिसका लागि मासुको विभिन्न स्रोत भए तापनी वन्यजन्तुलाई मारेर खाने प्रवृतिले पर्यावरणीय सन्तुलनमा समस्या उत्पन्न भएको बताउँदै नजिको छिमेकी देश भारतमा सेलिब्रटीहरुले वनजन्तु र वनलाई अपन्त्व ग्रहण गर्ने गरेकोमा नेपालमा समेत त्यो गर्न जरुरी रहेकोे र त्यसको सुरुवात वनसँग सेलिब्रटी कार्यक्रमले गरेका बताए ।

कार्यक्रमको समापनमा बोल्दै डिभिजन वन कार्यालय चन्द्रौटाका डिभिवन वन अधिकृत बेसिन्द्रराज सुवेदीले पलाष्टि आफै फोहर नभई त्यसको गलत प्रयोगत तथा जलाउने कार्यले वातावरणमा ठूलो असर गरेको बताउँदै नेपालमा बाघ, गौँडा, चराचुरंगी तथा जलचर प्राणीहरुको ठूलो संख्या भए तापनी त्यसको संरक्षणमा चुनौती थपिदैँ गएको बताए । कार्यक्रमा आफ्नो अफ्रिका भ्रमणको अनुभव सुनाउँदै नेपालले विदेशबाट धेरै कुराको सिको गर्नुपर्ने जरुरी रहेको औँल्याउँदै वन जोगाउन सामुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिए ।

डिभिजन वन कार्यालय चन्द्रौटाका सहायक वन अधिकृत कल्याण सापकोटाले स्वागत गरको कार्यक्रमको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहरा र करिष्ठ कलाकार कमल वि.के. निरमोहीले गरेका थिए ।

 

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech