ज्ञानेन्द्र शाहीको सचिवालयमा चन्द

असल शासन प्रतिनिधि

काठमाण्डौँ/जुम्लाबाट प्रतिनिधित्व गर्ने नेपालका चर्चित सांसद  ज्ञानेन्द्र शाहीको सचिवालय सदस्यमा सामाजिक अभियन्ता तथा चलचित्र निर्माता चक्र बहादुर चन्द नियुक्त भएका छन् ।

राप्रपाका प्रमुख सचेतक अर्थ समिती सदस्य समेत रहेका शाहीले सिंहदरवार स्थित आफ्नो कार्यकक्षमा चन्दलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

सचिवालयमा रहेर नेपालको चलचित्र र पर्यटन क्षेत्रको बिकासका लागि कार्य गर्न सो जिम्मेवारी दिएको सांसद शाहीले बताए । चन्द बिगत २५ बर्षदेखी सामाजिक क्षेत्रमा क्रियाशील छन् भने चलचित्र क्षेत्रमा समेत उत्तिकै सक्रिय छन् ।

चन्द कार्यकारी निर्माता रहेको प्रेमगित-३ ले संसारभर बिभिन्न भाषामा प्रर्दशन समेत भएको थियो । यो फिल्म वलिउडमा हिन्दी फिल्म रिलीज जसरीनै त्यही सिस्टममा फिल्म रिलीज हुने पहिलो नेपाली फिल्म समेत हो । यो सिनेमाको मेरुदण्डको रूपमा चन्दले काम गरेका थिए । यही कार्यका लागी उनी लगायत टिम महिनौसम्म मुम्बईमा बसेर संघर्ष गरेका थिए ।

सार्क देश लगाएत अन्य देशमा समेत राम्रो पहुँच र जनसम्पर्क भएका चन्द नेपालको सबैभन्दा लामों र ठुलो अभियान बागमती सफाइ महाअभियानमा समेत एकदशक देखी सक्रिय छन् । सांसद शाहीले आज सचिवालयमा नियुक्ति गर्दै सामाजिक संजालमा लेखेका छन “दुई दशक लामो सामाजिक क्षेत्रको निस्वार्थ यात्रासँगै नेपाली चलचित्र क्षेत्रको बिकासमा समेत् योगदान दिदै आउनु भएको श्री चक्र बहादुर चन्दज्यू(दैलेख) लाई यस क्षेत्रको बिकासका लागी मेरो सचिबालयमा नियुक्ति गरिएको छ : बधाई सहित आगामी दिनको सफलताको शुभकामना !

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech