शिक्षक रेग्मी जंगलमा मृत फेला

असल शासन प्रतिनिधि

नेपालगन्ज/ आदर्श मावि बाँके राँझाका शिक्षक रवीन्द्र रेग्मी जलेको अवस्थामा जंगलमा मृत फेला परेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी नजिकैको जंगलमा मंगलबार बिहान रेग्मी मृत अवस्थामा फेला परेका हुन् ।

उनी सोमबार बिहान १० बजेतिर घरबाट निस्केपछी सम्पर्क बिहिन बनेका थिए ।

उनको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको छेउमा ट्रकका चालकले देख्नुका साथै जंगलमा घाँस काट्न पुगेका महिलाहरुले शव देखेपछि प्रहरीलाई खवर भएको बुझिएको छ ।

शिक्षक रेग्मीको शरीर जलेको अवस्थामा रहनुका साथै उनले लगाएको कपडस मोटरसाइकल छेउमा भेटिएको छ । घटना रहस्यमय रहेको छ ।

  • २३ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech