निर्देशन पालना नगर्ने बिधालयमा पठाईयो नगर प्रहरी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।

चर्को गर्मीमा पठन-पाठन असहज हुने भन्दै उपमहानगरपालिकाले सो निर्देशन दिएको हो ।

उपमहानगरपालिकाको उक्त निर्देशनलाई बेवास्ता गर्दै बिदा नगर्ने  विद्यालयमा उपमहानगरले नगर प्रहरी परिचालन गर्नुपरेको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो ।

उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गर्ने आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ लगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको सूचनाविपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरपालिकाले ती विद्यालयमा नगर प्रहरी परिचालन गरेको थियो ।

आदर्शले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिकरुपमा दुई सय रुपैयाँ विद्युतको अलग शुल्क लिने गरेको उल्लेख गर्दै बिधालय संचालन गर्न पाउनु पर्ने बताए पनि नगर प्रहरीले बन्द गर्न लगाएको थियो म

नगर प्रहरी पुगेपछि ती विद्यालयले सोमबारदेखि लागू हुने गरी गर्मी बिदा गरेका छन् ।

  • २३ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech