बाँकेको दुर्भाग्य

प्रकाश श्रेष्ठ

दिएको बजेट खर्च नहुने होइन बरु जानीजानी खर्च गर्दैनन् किनभने हरेक भुक्तानीमा कमिसनको चक्कर हुन्छ जबसम्म कमिसन पाईदैन भुक्तानीको चेक बन्दै बन्दैन वा भनौँ बनाउँदै बनाउँदैनन् ।

अख्तियार यहीँ छ तर सुन्नमा आएको छ अख्तियारले पनि नेपाल सरकारका कार्यालयहरुबाट सेटिंग मिलाएर … मालदार कार्यालयहरुसंग बाकाईदा बार्गेनिङ् हुने गरेको गाँइगुँइ हल्ला चलेकै हो तर कति सत्य हो त्यो त कार्यालयका कर्मचारी र अख्तियारका कर्मचारीहरुलाई नै थाहा होला तर हल्ला चल्नुको अर्थ हाम्रा कार्यालयहरुका कर्मचारीहरुलाई जसरी पनि छिटोभन्दा छिटो पैसा कमाउनु छ चाहे त्यो वैधानिक होस् वा नहोस्  । अब भन्ने हो भने कर्मचारीहरुलाई के दोष दिने जब मुलुकको उपप्रधानमन्त्री र गृहमन्त्री भइ सकेकाहरुको ईमानदारिता माथि आज प्रश्नचिह्न खडा भएको छ भने कर्मचारीहरुको के कुरा ?

अधिकांश नेता र कर्मचारी ईमानदार नरहेको तथ्य प्रमाणित हुन्छ भने एकाध ईमान्दार जो छन् तिनीहरूको आवाजनै ठिक ठाउँसम्म पुग्दैन पुगिहाले पनि त्यसलाई महत्त्व नै दिइदैन यस्तो विडम्बनापूर्ण स्थिति हाम्रो मुलुकको छ त्यसैले त आजको दिनमा दैनिक २ हजार हाराहारी नेपाली जनता बिदेशको लागि जानेगर्द्छ्न खासगरी खाडी मुलुकमा unskilled man power बढी जाने गर्दछन् ।

मुलुक भ्रष्टाचारले चुर्लुम्म डुबेको छ । बेइमानी गर्नेहरूको, भ्रष्टाचार गर्नेहरूको, ठगी गर्नेहरूको, कमिसन खानेहरुको, विलासितामा रमाउनेहरुको भिडभाड्मा आजको दिनमा बाँकेको .. खेल बिकासमा कसैलाई चासो छैन ।

नेता लगायत खेल अधिकारीहरु आफ्नै दुनो सोझो गर्ने बाहेक केहि गर्दैनन् । चुनाव जीतेर गएकाहरु तलब र भत्ता खाने साथै राज्यको सुखसुविधा आफुले मात्र होइन आफ्ना नातेदार र आसेपासेलाई दिनु बाहेक अरु केहि गर्दैनन् र सायद तिनीहरूको पहुँच पनि पुग्दैन । दांग र सुर्खेतका नेताहरूले आफ्नो क्षेत्रमा के कति गरि रहेका छन्  सबैलाई थाहा छ । नेपालगन्जमा भएको कार्यालयहरु एकएक गरि सबै सुर्खेत गएका छन् जुन एउटा दुइटा बाँकी छ त्यो पनि नेपालगन्जबाट सुर्खेत लग्नलाई त्यहाँका नेताहरू लागि परेका छन् ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा नेपालगन्जले जे जति पाउनु पर्थ्यो त्यो पाएन बरु बाँके बर्दिया माथि विभेद भएर लुम्बिनी प्रदेशमा राखियो जबकी बाँके बर्दियाको सम्पुर्ण ब्यापार आतेजाते सामाजिक सम्बन्ध आर्थिक सम्बन्ध मानसिक सम्बन्ध ब्यापारीक सम्बन्ध सबथोक राप्ती अंचल र भेरी अंचलका जिल्लाहरुसंग थियो र अस्ज पनि छ ।

कुनै पनि हिसाबले बाँके र बर्दिया बुटवल वा भैरहवासंग नजिक छ जस्तो लाग्दैन यो त संघीयताले लादेको बाँकेको दुर्भाग्य हो ।

  • २४ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • Nabintech