भ्रष्ट्राचार बिरुद्ध लुम्बिनी प्रदेश युवा सम्मेलनको तयारी पुरा

२०० बढी युवाहरुको सहभागिता रहने

असल शासन प्रतिनिधि

नेपालगन्ज । भ्रष्ट्राचार बिरुद्ध दोश्रो लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनको तयारी पुरा भएसँगै लुम्बिनी सरकारका प्रबक्ता, आन्तरीक मामिला कानुन तथा सहकारी मन्त्री सन्तोष पाण्डेको प्रमुख आतिथ्यतामा दांगको लमहीमा जेष्ठ २६ गते बिहान १० बजे सम्मेलनको उद्घाटन हुने भएको छ ।
यस अघि सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रदेश स्तरीय सम्मेलन सम्पन्न गरिसकेको भ्रष्ट्राचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।


बास नेपाल लुम्बिनी प्रदेश संयोजक खेम बिष्टले प्रदेश सम्मेलनको तयारी पुरा भएको र सम्मेलनमा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट युवाहरुको उल्लेख्य सहभागिता रहने बताए । दांग लमही स्थित लमही नगरपालिकाको सभाहलमा हुने सम्मेलनमा प्रदेशका सबै जिल्लाहरुबाट झण्डै २०० बढी युवाहरुको सहभागिता रहने गरी तयारी गरिएको संयोजक बिष्टले जनाए ।
देशमा ब्याप्त भ्रष्ट्राचार, व्यतिथि, ढीलासुस्तीले प्रसय पाईरहेका बेला भ्रष्टाचार बिरुद्ध युवा आवज प्रवाह गर्न सम्मेलन उपयोगी हुने बताईएको छ । सम्मेलनमा प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सरोकारवालाहरुसँगै युवाहरुको सहभागिता रहने र सम्मेलनमा भ्रष्टाचार बिरुद्धको अभियान र भूमिका लगायतका बिषयमा बृहत छलफल गर्ने कार्ययोजना रहेको छ । सम्मेलनको सन्त्यमा भ्रष्टाचार बिरुद्ध लुम्बिनी घोषणा पत्र जारी गरी सम्मेलन समापन गरिनेछ ।
भ्रष्टाचार बिरुद्ध देशका ७७ ओटै जिल्लाहरुमा शाखा बिस्तार गरि काम गर्दै आएको बासले देशका सबै प्रदेशमा सम्मेलन आयोजना गर्ने योजना बनाएको छ । भ्रष्टाचारको अन्त्य भएमा मात्रै सभ्य समाजको निर्माणहुने विश्वास राख्दै भ्रष्ट्राचार बिरुद्धको सम्मेलनमा युवा लगायत आम नागरिकको स्वस्फूर्त सहभागिता तथा ऐक्येबद्धता रहने जनाएको छ । भ्रष्टाचार बिरुद्ध लुम्बिनी प्रदेश स्तरीय दोश्रो युवा सम्मेलनमा युवाहरुसँगै आम नागरिकहरुलाई जेष्ठ २६ गते बिहान १० बजे लमही नगरपालिकाको सभाहलमा सहभागिता जनाउन समेत बासले सार्वजनिक अपिल गरेकोछ । सम्मेलन बास नेपाल लुम्बिनी प्रदेश समिति र असल शासन मिडियाको आयोजना, लुम्बिनी प्रदेश सरकार, प्लान इन्टरनेशनल नेपाल, बिग्रुप नेपालगन्ज, ईन्रुडेक बाँके र राष्ट्रिय अपाङ्ग महासँघ नेपालको सहयोग तथा सहकार्यमा हुने भएको छ ।
भ्रष्टाचार बिरुद्धको प्रथम राष्ट्रिय युवा सम्मेलन २०६९ असोज २६ गते, दोश्रो राष्ट्रिय युवा सम्मेलन २०७२ फाल्गुन ६ गते, तेस्रो राष्ट्रिय युवा सम्मेलन २०७३ चैत्र २६ गते, चौथो राष्ट्रिय युवा सम्मेलन २०७५ चैत्र १ गते, पाँचौं राष्ट्रिय युवा सम्मेलन २०७८ चैत्र १८ गते नेपालगञ्जमा सम्पन्न भएको थियो, यसैगरी सुदुरपश्चिम प्रदेश स्तरीय प्रथम युवा सम्मेलन भाद्र २५ गते प्रदेश राजधानी धनगढीमा र भ्रष्टाचार बिरुद्ध कर्णाली प्रदेश स्तरिय युवा सम्मेलन २०७९ साउन २० गते कर्णाली प्रदेशको सदरमुकाम बिरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको थियो भने भ्रष्टाचार बिरुद्ध लुम्विनी युवा सम्मेलन नेपालगञ्जमा यस अघि सम्पन्न भईसकेको छ ।

  • २५ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech