सार्वजनिक सुनुवाईले उठायो मन्दिरमा समावेशीता

रबिन्द्र बोहरा

बाँके/ नेपालगन्जमा सम्पन्न एक सार्वजनिक सुनुवाई कार्यक्रममा बाँकेको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिरको व्यवस्थापन समितिमा वर्षौ देखि पुरुषको एकल प्रतिनिधित्व भएको विषय उठान भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २ ले शुक्रबार २६ गते बागेश्वरी मन्दिरको सभाहलमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सो विषय उठान भएको हो । त्यस्तै वडामा रहेका गढीमाई मन्दिर र कालिमाई मन्दिर समेतमा पनि महिलाको सहभागीता नभएको सहभागीहरुले सवाल उठान गरेका छन् ।

वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा सदस्यहरु जगदिश बाल्मिकी, सम्भ्रान्त विक्रम शाह, गीता देवी राना, तुलसा परियार, नासु खेमराज सुवेदी जवाफदेही वक्ताको रुपमा उपस्थित कार्यक्रममा अध्यक्ष मनोज कुमार श्रेष्ठले तत्काल समितिको हेरफेर गरी पुन गठन प्रक्रियालाई अगाडी बढाउने बताए ।

सार्वजनिक सुनुवाइमा प्रश्न गर्दै सहभागीहरुले सार्वजनिक सुनुवाई अनिवार्य रुपमा चौमासिक रुपमा गरिनु पर्ने, वडामा रहेको विभिन्न संघसंस्था तथा संजालहरुको समन्वयात्मक बैठक गरिनु पर्ने, वडा नं. ४ र दुईको सिमनामा पर्ने बाटोहरु व्यवस्थित रुपमा निमार्ण गरिनु पर्ने, बुद्ध टोल तथा घरबारी टोलमा निमार्ण हुन बाँकी बाटोहरु निमार्ण गरिनु पर्ने, २ नं. वडा कार्यालय रहेको दैलेखी बंगालाको जग्गा सार्वजनिक प्रयोगमा ल्याउनु पर्ने, फरक क्षमता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गरिनु पर्ने, विभिन्न संजाल गठन गरि परिचालन गरिनु पर्ने, नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका कक्षा ७ र ८ मा पर्ने विद्यार्थीहरुको लागि समेत दिवा खाजाको व्यवस्था मिलाइनु पर्ने जस्ता सवालहरु उठाएका थिए ।

सहभागिले उठाएका सवालहरुको जवाफ दिँदै आगामी वर्षबाट अनिवार्य रुपमा चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने, वडा नं. ४ र २ को सिमानामा पर्ने बाटोहरु नाला र ढक्कन सहित निमार्ण गर्ने, बुद्ध टोल, घरबारी टोल लगाएतका वडामा रहेका ९ ओटै टोलमा निमार्ण हुन बाँकी रहेका बाटाहरु प्रदेश र संघको सहयोग र समन्वयमा निमार्ण गर्ने, वडा भित्र रहेका सबै धार्मिक स्थलहरुको व्यवस्थापन समितिमा महिलाको सहभागिता गराउने, बासले गरेको बर्हिगमन अभिमत संकलनमा आएका सबै सुझावहरुलाई कार्यान्वय गर्ने र वडामा बाल क्लव संजाल, किशोरी संजाल, अपांग सञ्जाल, जेष्ठ नागरिक संजाल गठन गरि परिचालन गर्ने प्रण सहित ८ बुद्धे साँझा सार्वजनिक प्रतिबद्धतहरु घोषण भएका छन् ।

२०० बढि सहभागी रहेको कार्यक्रमको सहजिकरण बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले गरेका थिए । बासका कार्यक्रम संयोजक शोभा थापा मगरले स्वागत मन्तव्य राखिन भने कार्यक्रम सहायक अशोक रावलले नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत प्रस्तुतिकरण गरे ।

  • २६ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech