बास नेपालको प्रथम लुम्विनी प्रदेश अधिबेशन सम्पन्न

असल शासन प्रतिनिधि

दाङ/बास नेपालको प्रथम लुम्विनी प्रदेश अधिबेशन सम्पन्न भएको छ ।

दाङको लमहीमा जेष्ठ २६ गते अधिबेशन सम्पन्न भएको हो ।

बास नेपाल लुम्विनी प्रदेश समितिका संयोजक खेमको अध्यक्षता, केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा सञ्चालन कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

बिभिन्न जिल्लामा रहेका बास नेपालका जिल्ला शाखा प्रतिनिधिहरुको सहभागिता रहेको अधिबेशनमा बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, पूर्ब केन्द्रीय अध्यक्ष मन भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अधिबेशनबाट खेम बिष्टको संयोजकत्वमा ५ सदस्यीय लुम्विनी प्रदेश समिति चयन गरिएको छ । संस्थाको बिद्यान अनुसार, संस्थाको केन्द्रीय महाधिबेशनबाट सातै प्रदेशका लागि प्रदेश संयोजक चुनिन्छन् भने प्रदेश अधिबेशनबाट अन्य पदाधिकारी छनौट गर्ने गरिन्छ ।
प्रदेश अधिबेशनबाट सह–संयोजकमा दाङ शाखाका समिर वली, सचिवमा बर्दिया शाखाका राम सोनाम र सदस्यहरुमा दाङ शाखाका बिमला घर्ती र बाँके शाखाका प्रदिप वोहरा चयन भएका छन्

  • २८ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech