सडक के का लागि ?

हिंड्नका लागि वा गोरु बाँध्नका लागि ?

सत्य प्रकाश यादव

कुनै बेला थियो जुन बेला सडक बाटो घाटोको आभाव थियो मानिसहरुलाई हिंडडुल गर्न सार्है गाह्रो हुन्थ्यो तर त्यति बेला मानवता कायम थियो सद्भाव थियो जसले गर्दा सबैलाई सजिलो महसुस हुन्थ्यो तर त्यो व्यवहार पाउन अव गाह्रो छ ।

यो कुरामा धेरैको सहमति नहुन पनि सक्छ तर भनिन्छ जब सम्म आफुलाइ पर्दैन तब सम्म अरुको कुरा तुरुन्त पत्यार लाग्दैन ।

यो यथार्थ घटना हो जुन मैले आफै भोगें, कुरा हिँजो राति करिब ८ बजे तिरको हो । म मोटर साइकलमा घर फर्किदै थिएँ मेरो साम्मुनेबाट एउटा गाडी आयो म आफ्नो साईडमा हुँदा, हुँदै पनि मेरो बाइक पल्टियो मेरो हात र खुट्टामा चोट लाग्यो, तर गल्ति न त मेरो थियो न त त्यो अर्को गाडी वालाकोनै थियो किन कि स्थानीय निकायले बाटो त बनायो तर हामीलाई यो सिकाइ दिएन कि बाटोको प्रयोग के को लागि र कसरि गर्ने भनेर ।

सुन्दा सामान्य लाग्न सक्छ कि बाटो त हिँड्ने कामको लागि बनेको छ तर होइन हाम्रो यता बाटो हिंड्नलाई न भएर अन्न बालि सुकाउन गाई, गोरु बाँध्नको लागि बनेको रहेछ, जुन प्रत्यक्ष हेर्न सकिन्छ र यसमा कुनै सम्बन्धित निकायको ध्यान गएको छैन ।

यदि बाटो मा मकै न राखेको भए मेरो बाइक दुर्घटना हुने थिएन । मेरो घटना त उदाहरण मात्र भयो तर यसरीनै सार्बजनिक बाटोलाई आफ्नो निजी सम्पत्ती ठानी अन्नबाली सुकाउने राख्ने काममा प्रयोग भई रहने हो भने यस्ता कति दुर्घटना होलान् कतिको ज्यान समेत जान सक्छ । तर सम्बन्धि निकाय मौन छ नीति नियम कागजमा बन्छन् त्यहि सिमित रहन्छन्, लागु हुँदैन ।

प्रहरी, प्रशासन, नगर प्रहरी, वडा कार्यालय थुपै्र निकाय छन् तर यस्ता किसिमको बिकृतीलाई हेर्ने निर्मुल गर्ने तिर कसैको ध्यान गएको छैन । आखिर यो सचेतनाका लागि हामी कहिले तयार हुने ?

 

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech