नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को वडा भेला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को वडा भेला मंगलबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८०/ ०८१ को लागि प्रस्तावित योजना र कार्यक्रमको तर्जुमा तथा याृजना संकलन गर्ने उद्देशयले वडा भेला आयोजना गरिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए । वडा कार्यालयको परिसरमा आयोजना भएको भेलामा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले वडा भेलामा बिभिन्न १६ वटा टोल विकास संस्था मार्फत आएको योजनाहरुलाइ प्राथामिकिकरण गरी आगामी वर्षको योजना तथा कार्यक्रम तय गर्ने बताए। उनले आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न भएका कार्यक्रम तथा योजनाको बारेमा समेत भेलामा जानकारी गराएका थिए ।

आर्थिक वर्ष २०८०/ ०८१ को लागि प्रस्तावित कार्य योजना संकलनका लागि वडा भित्रका बिभिन्न टोल विकास संस्था , विद्यालय , विभिन्न संघ संस्थाहरुले आफ्नो योजना लिखित तथा मौखिक रुपमा पेश गरेका थिए । बिशेष गरेर सडक निर्माण , महिला, युवा, तथा बालबालिकाका लागि कार्यक्रम, ढल तथा नाला व्यवस्थापन, आदि विषयमा वजेट माग गरिएको छ ।

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech