कर्मचारीको क्षमता अभिबृद्धीका लागि तालिम सञ्चालन

असल शासन प्रतिनिधि

नेपालगन्ज । सामाजिक तथा ब्यवहार परिवर्तन तथा सञ्चार सम्बन्धि तिन दिने तालिम बर्दियाको ठाकुरद्धारामा जेष्ठ ३० गते देखि शुरु भएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत कर्मचारीको क्षमता अभिबृद्धीका लागि तालिम गरिएको हो ।


तालिमको पहिलो दिन सामाजिक ब्यवहार परिवर्तनको अवधारणा र महन्व, प्रक्रिया, व्यवहार परिवर्तन सम्बन्धी शिद्धान्त लगायतका बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्यले सहजिकरण गरेका थिए । यसैगरी व्यवहार परिवर्तनका सम्बन्धि शिद्धान्तहरुको बारेमा युनिसेफ नेपालका सुन्दर कुमार लामा र सामाजिक व्यवहार परिवर्तनका लागि प्रबिधि र सुरक्षित मातृत्व, खोप र यसको महत्वका बिषयमा युनिसेफ नेपालका अशोक जोशीले सहजिकरण गरेका थिए ।


तालिमको उद्घाटन सत्रमा तालिमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यक्रम प्रबन्धक हेमराज भट्टले जानकारी गराएका थिए । कार्यक्रमको शुरुवातमा सहभागिहरुको अपेक्षा संकलन गरिएको थियो । तिन दिन सम्म चल्ने तालिममा अन्तरब्यक्ति सञ्चार, सामाजिक मापदण्ड (मान्यता), मूल्य मान्यतालाई सम्बोधन गर्नका निमित्त सामाजिक व्यवहार परिवर्तनका सिद्दान्त र अवधारणामा आधारीत भई कार्यान्वयन गर्न सकिने सम्भावित कार्यक्रमहरु, प्रभावित समुदाय प्रतिको उत्तरदायित्व, जोखिम सञ्चार तथा समुदाय सहभागिता सम्बन्धि छलफल तथा अन्तरक्रिया, सामाजिक ब्यवहार परिवर्तनका लागि मानव केन्द्रीत डिजाईनको अवधारणा, यौन शोषण र दुव्यवहार बाट संरक्षण, अभिलेखिकरण र प्रतिबेदन लगायतका बिषयमा तालिम सञ्चालन हुनेछ । तालिममा युनिसेफ नेपालका प्रकाश आचार्य, सुन्दर कुमार लामा, अशोक जोशी, बिन्दु पन्थीले सहजिकरण गर्ने कार्ययोजना रहेको छ । तालिममा सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत १६ जना कर्मचारीहरुको सहभागिता रहेको छ ।

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech