सिचाई गर्न गएका ५५ बर्षिय बिष्ट बेपत्ता

असल शासन प्रतिनिधि

अछाम । खेतमा सिचाई गर्न गएका एक जना ७ दिन देखि बेपत्ता भएका छन् ।
अछाम जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय पदम बहादुर बिस्ट जेष्ठ २४ गते राती ९ बजे देखी सम्पर्क विहीन भएको पारिवारिक श्रोतले जनाएको छ ।
जानकारी अनुसार बेलेखतमा धानको बिउमा सिचाई गर्न भनेर निस्केका बिस्ट घर नफर्केपछि परिवारले बेपत्ता भएको भन्दै खोजी गर्न प्रहरीलाई उजुरी समेत गरेका छन् । खोजी गर्ने क्रममा खेतको आलिमा चप्पल भेटीएको उनका आफन्त जीवन बिस्टले असल शासनलाई बताए । उनी हराएको दिन देखी परिवार र प्रहरीले खोजी गरिरहेको
छ । नजिकै कर्णाली नदी भएकाले नदिले बगाएको हुनसक्ने आशङ्का गरिएको छ ।

  • ३० जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech