सामाजिक तथा ब्यवहार परिवर्तन बिषयक तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । बास नेपालका कर्मचारीहरुका लागि बर्दियाको ठाकुरद्धारामा सञ्चालीत तिन दिने सामाजिक तथा ब्यवहार परिवर्तन तथा सञ्चार सम्बन्धि तालिम समापन भएको छ ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत उक्त तालिम सम्पन्न भएको हो ।


जेष्ठ ३० गते देखि सञ्चालन भएको तालिममा अन्तरब्यक्ति सञ्चार, सामाजिक व्यवहार परिवर्तनका लागि प्रबिधि र सुरक्षित मातृत्व, खोप र यसको महत्व, सामाजिक मापदण्ड (मान्यता), मूल्य मान्यतालाई सम्बोधन गर्नका निमित्त सामाजिक व्यवहार परिवर्तनका सिद्दान्त र अवधारणामा आधारीत भई कार्यान्वयन गर्न सकिने सम्भावित कार्यक्रमहरु, प्रभावित समुदाय प्रतिको उत्तरदायित्व, जोखिम सञ्चार तथा समुदाय सहभागिता सम्बन्धि छलफल तथा अन्तरक्रिया, सामाजिक ब्यवहार परिवर्तनका लागि मानव केन्द्रीत डिजाईनको अवधारणा, यौन शोषण र दुव्यवहार बाट संरक्षण, अभिलेखिकरण र प्रतिबेदन लगायतका बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य, सुन्दर कुमार लामा, अशोक जोशी, बिन्दु पन्थी, मालती मास्केले सहजिकरण गरेका थिए । भने कार्यक्रमको बारेमा जानकारी बासका कार्यक्रम प्रबन्धक हेमराज भट्टले जानकारी गराएका थिए ।
तालिमको समापनमा बोल्दै सहभागिहरुले तालिम निकै उपलब्धी पूर्ण भएको र यसले समुदाय तहमा काम गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।

उनीहरुले तालिममा सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता गरेका थिए । तालिममा सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत १६ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • ३२ जेष्ठ २०८०, बिहीबार प्रकाशित

  • Nabintech