हरित अभियान्ता काफ्ले सम्मानित

असल शासन प्रतिनिधि

काठमाण्डौं । बाताबरण संरक्षणमा हरित अभियानको माध्यम बाट उत्कृष्ट कार्य गरेवापत नेपालगन्ज १९ का हरित अभियन्ता हेमन्त राज काफ्ले क्लाईमेट एक्सन अवार्ड २०२३ बाट सम्मानित भएका छन् ।
काठमाडौको होटल एल्लो प्यागोडामा साउथ एसियन क्लाईमेट एक्सन कन्फ्रेन्समा उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवबाट अभियन्ता काफ्ले सम्मानित भएका हुन् । सम्मानीत भए पछि उनले उपराष्टपति यादबलाई सितलचिनिको बिरुवा उपहार दिएका थिए ।


काफ्ले बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने, आफ्नो हरित सोच साकार पार्न निशुल्क विरुवा उपहार दिदै आएका छन्। यस अघि काफ्लेले राष्ट्रपति राम चन्द्र पौड्याल, पुर्ब रास्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, पुर्ब मन्त्री महेश्वर गहतराज, पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राई, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे, कर्ण साक्य, बरिष्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम, जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिइसक्नु भएको छ । रुख प्रती सबैको माया बढोस भनेर बिरुवा दिने गरेको उनी बताउछन् । नेपालगन्जका चिकित्सक, वकिल, प्राध्यापक, पत्रकार, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी समेत लाई हरित अभियन्ता काफ्लेले बिरुवा उपहार दिइसक्नु भएको छ । उहाले सरकारी कार्यलयमा गई बिरुवा लगाउने देखि जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदस्थ ब्यक्तिहरु आउदा भेटेर बिरुवाले स्वागत गर्दै आएका छन् ।
विरुवा उपहार दिएर रुख रोप्ने प्रेरणा सँगै वतावरण सफा हुन्छ भन्ने सन्देश दिदै आएको उनी बताउछन्। शुरुका दिनहरुमा विरुवा किनेर उपहार दिने उनी हाल आफ्नै करेसाबारीमै सामान्य नर्सरी बनाएको र अभियान (Give me seeds I will give you trees ) तिमी मलाई दाना देउ म तिमिलाई बिरुवा दिन्छु अहिले निकै उत्कृष्ट भएको छ नेपाल बाट मात्र नभएर संसार बाट उनलाई रुखको दानाहरु उपहार आउने गर्छ। उनले चालेको कल्पवृक्ष अभियान पनि नेपालकै पहिलो अभियान हो कल्पवृक्ष नेपालमै छैन उनले जर्मनी बाट बियु उपहार पाएर अहिले देश भरिका धार्मिक स्थलहरुमा ६० बढी बिरुवा लगाएको बताए । वातावरणमा काम गरे बापत उनले समरस्ता इन्टरनेश्नल अवार्ड, भारत, ग्रिन युथ अवार्ड कायुन्सिल अफ पिस युक्रेन, बन पैदवारको राष्ट्रिय सम्मेलनमा बन मन्त्री बिक्रम पाण्डे बाट हरित अभियन्ता राष्ट्रिय सम्मान र बास ब्राइट्ल्याण्ड अवार्ड ( WWF) बिश्व बन्यजन्तु कोशको संरक्षण अवार्ड २०२१ प्राप्त गरि सकेका छन् ।
मोरिङ्गा बाबा उपनामले चिनिदै आएका उनी 8 Billion Trees नामक अन्तर्राष्ट्रिय संस्थाको नेपालको पलान्टिङ्ग डाईरेक्टर, climate interactive को एम्बस्डर, सिटिजन कलाईमेट ईन्टर्नेसनलको नेपालगन्ज च्यापटरको अध्यक्ष को जिम्मेवारीमा छन् ।

  • ५ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech