सुदूरपश्चिम प्रदेशका मन्त्री सिंह सवार गाडी दुर्घटना

सिंह सहित ५ जना घाइते

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएको र घाइतेमध्ये मन्त्रीसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा मन्त्रि सवार सुपप्र ०१००१ झ ४८० नं. को गाडी दुर्घटना भएको बझाङका प्रहरी प्रमुख जागेश्वर भण्डारीले जानकारी दिए ।
उनका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन् ।

उनीहरुको उद्दार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको र थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको जनाइएको छ ।

  • ५ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech