कानुनमन्त्री सिंहको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधन भएको छ ।

आज डढेल्धुराबाट बझाङ जाने क्रममा भएको सडक दुर्घटनाबाट गम्भीर घाईते भएका उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।

दुर्घटनामा ५ जना घाइते भएको र घाइतेमध्ये गाडीमा सवार मन्त्री सिंहकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंहको निधन भएको छ भने पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन् ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा मन्त्रि सवार सुपप्र ०१००१ झ ४८० नं. को गाडी दुर्घटना भएको थियो ।

  • ५ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech