बालमैत्री स्थानीय शासनलाई संस्थागत गर्दै वडा नं. २

रबिन्द्र बोहरा

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बालमैत्री स्थानीय शासनलाई प्रवद्र्धनमा जुटेको छ । निकट भविष्यमा नै वडालाई बालमैत्री स्थानीय वडा घोषणा गर्ने उद्धेश्यका साथ आफुले कार्ययोजना बनाई निरन्तर लाग्ने वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले बताएका छन् । विहिबार ७ गते नेपालगन्जमा बास नेपालद्धारा आयोजित बालमैत्री स्थानीय शासन विषयक २ दिने तालिमको उद्घाटन सत्रमा बोल्दै सो कुरा बताएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार वडालाई ३ वर्षमा बालमैत्री वडा घोषणा गर्ने अभिप्रायका साथ उक्त तालिमको ओजना गरिएको हो ।

तालिममा बाल मैत्री स्थानीय शासन वडा समितका पदाधिकारीहरु, वडा भित्र रहेको विद्यालयका प्रधानाध्यापकहरु, टोल विकास संस्थाका अध्यक्षहरु, वडा स्तरीय बाल क्लव संजाल तथा वाल क्लवका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सामुदायिक प्रहरी लगाएतको उपस्थिति रहेको छ ।

तालिमको पहिलो दिन सहजिकरण गर्दै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले बाल अधिकार र बाल संरक्षणको विषयमा जानकारी प्रदान गरे भने, बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले बालबाललिकाको आधारभूत अधिकार तथा व्यवस्था र कानुनी प्रावधान तथा के बालबालिकालाई के हुनु पर्दछ भन्ने बारे जानकारी गराए त्यसैगरी बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले बालमैत्री स्थानीय शासनको अवधारणा, विषय, मुख्य क्षेत्र तथा सिद्धान्तको बारेमा जानकारी गराए ।

३५ जना स्थानीय सरोकारवालको सहभागिता रहेको तालिमको संचालन बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले गरेका थिए । बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले स्वागत गरेको तालिम असार ८ गते सम्म चल्नेछ ।

  • ७ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech