नेपालगन्जमा असल शासनका लागि स्थानीय जागरण तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास नेपालले बाँके जिल्लामा रहेका सक्रिय सदस्य, शाखा उपशाखा पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने असल शासनका लागि स्थानीय जागरण तालिम आयोजना गरेको छ ।
बास नेपाल केन्द्रीय कार्यालय स्थित सुशासन हलमा ६० जनाको सहभागितामा तालिम आयोजना गरिएको हो । तालिममा असल शासन, जनसहभागिता र पारदर्शिताका बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, नेतृत्व विकासका बिषयमा बासका निर्वतमान अध्यक्ष रमेश सिटौला र संगठन सुदृढीकरण र र्संस्थागत विकासका बिषयमा बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले सहजिकरण गरेका थिए ।


तालिमको उद्घाटन सत्रमा बोल्दै बासका निर्वतमान अध्यक्ष तथा तालिम विभाग प्रमुख रमेश सिटौलाले बासका सदस्य तथा पदाधिकारीहरुको क्षमता अभिबृद्धी गर्ने र भ्रष्टाचार बिरुद्ध सशक्त रुपमा अगाडी बढ्न उत्प्रेरित गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए । उनले तालिम पश्चात सिकेको कुरालाई मातहतका समितिहरुमा रहेका सदस्यहरुलाई अभिमुखिकरण गर्न अनुरोध गरे । उद्घाटनमा बासका केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारी, बास लुम्बिनी प्रदेश संयोजक खेम बिष्टले बोलेका थिए ।
बासका जनसम्पर्क अधिकृत माधब कार्कीले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रको शुभकामना सहित समापन कार्यक्रममा सभाध्यक्ष तथा बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए । बासले शाखा उपशाखा पदाधिकारी, सक्रिय सदस्यहरुका लागि नियमित रुपमा असल शासनका लागि स्थानीय जागरण तालिम आयोजना गर्दै आएको छ ।

  • ७ असार २०८०, बिहीबार प्रकाशित

  • Nabintech