बास नेपालको ललितपुर शाखा पुर्नगठन

अध्यक्षमा उमिता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बागेश्वरी असल शासन क्लव (बास नेपाल) ले ललितपुर जिल्लामा शाखा पुनर्गठन गरेको छ ।

असार ९ गते बास नेपालका केन्द्रीय सदस्य मेघा रेउलेको समुपस्थितिमा शाखा पुर्नगठन गरिएको हो ।

पुनर्गठित शाखाको अध्यक्षमा उमिता बर्जाचार्य सर्बसम्मत चयन भएकि छन् ।

पुनर्गठित शाखाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रसना महर्जन, रश्मी महर्जन, एरीस्ना महर्जन चयन भएकमा छन् ।

त्यस्तै सदस्यहरुमा क्रमश स्नेहा महर्जन, बाबुराज महर्जन, रेनिसा महर्जन, सफि महर्जन, लक्ष्मी महर्जन र युवराज शाक्यलाई चयन गरिएको छ ।
११ सदस्यीय पुनर्गठित शाखामा १ जना सदस्य शाखाको पहिलो बैठकबाट चयन गरिने पुनर्गठित शाखाका अध्यक्ष उमिता बर्जाचार्यले बताईन् ।

  • ११ असार २०८०, सोमबार प्रकाशित

  • Nabintech