भ्रष्टाचार बिरुद्ध पाँच जिल्लामा कविता वाचन

असल शासन प्रतिनिधि

बाँके / पाँच जिल्लामा भ्रष्टाचार बिरुद्ध कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

बास नेपालका बिभिन्न जिल्ला शाखाहरुको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो

असार ११ गते बाँके शाखाले नेपालगञ्जमा, दैलेख शाखाले दैलेख बजार स्थित नारायण क्याम्पसमा, जुम्ला शाखाले जुम्ला सदरमुकाम बजारमा र सिराहा शाखाले सिराहाको सारश्वरनाथ माध्यमिक बिद्यालयमा कविता वाचन कार्यक्रम गरेको छ भने स्याङजा शाखाले युट्युका माध्यमबाट भ्रष्टाचार बिरुद्धको कविता बाचन गरेको छ ।

बाँके शाखाको आयोजनामा बास नेपालको शुसासन हलमा आयोजना गरेको कविता वाचन कार्यक्रममा साहित्यकारहरु खगेन्द्र गिरी कोपिला, बालकृष्ण शर्मा, वीपी अस्तु, भीम प्रज्वल र दिला शाहले भ्रष्टाचार बिरुद्ध कविताहरु वाचन गरेका थिए । साथै जीत जंग कटेल, महेन्द्र ढुङ्गाना र तपेन्द्र मलातीले पनि भ्रष्टाचार बिरुद्धका रचना वाचन गरेका थिए । ४० जनाको सहभागीतामा सम्पन्न कविता वाचन कार्यक्रमको स्वागत तथा कार्यक्रमको उद्देश्य माथी बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रष्ट पारेका थिए । कार्यक्रमको अध्यक्षता बास नेपाल बाँके शाखाका अध्यक्ष शोभा थापा मगरले गरकी थिईन् भने कार्यक्रम सञ्चालन बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलातीले सञ्चालन गरेका थिए ।

त्यसैगरी बास नेपाल दैलेख शाखाको आयोजनामा दैलेख बजार स्थित नारायण क्याम्पसमा आयोजना भएको भ्रष्टाचार बिरुद्ध कविता वाचन कार्यक्रममा ४ जना स्रष्टाहरुले भ्रष्टाचार बिरुद्ध कविता वाचन गरेका थिए । बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नारायण क्यामपस दैलेखका प्रमुख नर बहादुर शाही रहेको संस्थाका सहसचिव बविता प्याकुरेलले जानकारी दिएकी छन् ।

कार्यक्रममा बोल्दै प्रमख अतिथि क्यामपस प्रमुख शाहीले सबैले भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्ने बताए । भ्रष्ट्राचार भनेको अवैद्ध पैसा कमाउनु मात्र नभइ काम ठग्ने पनि भ्रष्टाचार भएको उनले बताए ।

उक्त कार्यक्रममा कविता वाचन गर्ने ४ जना श्रष्टाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन बास नेपाल दैलेखका सदस्य एवं साहित्यकार जंग बोगटीले गरेका थिए ।

यसैगरी बास नेपाल जुम्ला शाखाको आयोजनामा सदरमुकाम स्थित कृष्ण मन्दिरमा आयोजना गरिएको भ्रष्टाचार बिरुद्धको कविता वाचन कार्यक्रममा २० जना श्रष्टाहरुले कविता वाचन गरेका थिए । एक सय बढी सहभागीताका साथ आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि चन्दननाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बृख बहादुर कार्की रहेका थिए भने कार्यक्रमको अध्यक्षता बास नेपाल जुम्ला शाखाका कार्यबाहक अध्यक्ष अनिता क्षेत्रीले गरेकी थिईन् । काविता वाचन गर्ने सबै श्रष्टाहरुलाई प्रमाणपत्र बितरण गरिएको कार्यक्रमको सञ्चालन बास नेपाल जुम्ला शाखाका सचिव प्रेम बिष्ट र सदस्य बिक्रम तिरुवाले गरेका थिए ।

त्यसैगरी बास नेपालको सिराहा शाखाले सिराहाको सारश्वरनाथ माध्यमिक बिद्यालयका बिद्यार्थीहरु माझ कार्यक्रमको आयोजना गरी भ्रष्टाचार बिरुद्ध कविता वाचन गरिुएको बास नेपाल सिराहा शाखाका सल्लाहकार पर्सुराम शाहले बताएका छन् । त्यसैगरी बास नेपाल स्याङजा शाखाले युट्युव मार्फत भ्रष्टाचार बिरुद्ध कविता बाचन गरेको छ । शाखाका सल्लाहकार हरी प्रसाद ढकालले भ्रष्टाचार बिरुद्धको कविता वाचन गरेका थिए ।

  • १२ असार २०८०, मंगलवार प्रकाशित

  • Nabintech