कर्मचारीहरुलाई तनाव व्यवस्थापन तालिम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्जमा तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

बास नेपालका कर्मचारीहरुलाई सो तालिम दिईएको हो ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको तालिममा बास नेपालका १५ बढि कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तालिममा तनाब के हो, तनाबका प्रकार, तनाबका चरणहरु, तनाबका परिणामहरु, तनाब व्यवस्थापनका उपायहरु, तनाब व्यवस्थापन पद्धति, तनाब व्यवस्थापन प्रतिबद्धता, खुसी हुनका लागि १० बाटो लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।

तालिम पश्चात प्रतिकृया दिदै सहभागि बासका जनसम्पर्क अधिकृत माधव कार्कीले तालिमबाट तनाब व्यव्स्थापन गर्ने सिप सिकेको बताए ।

प्रतिकृया मन्तव्य व्यक्त गर्दै बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलाती, अनुगमन अधिकृत हरि जोशी, लेखा सहायक प्रदिप बोहरा, कार्यालय सहायक सरिता बि.क र असल शासन मिडियाकी बजार प्रतिनिधि जानकी बि.क.ले तालिम उपलब्धिमुलक भएको बताए ।

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech