नेपालगञ्ज उपमहानगरपालिकाको सामाजिक परीक्षण

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिकाको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

असल शासन मिडियाको सहजिकरणमा सामाजिक परीक्षण अन्र्तगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतिकरण कार्यक्रम सम्पन्न भएको हो ।

योजना, नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थीक तथा सामाजिक विकासमा गरेको समग्र योगदानको लेखाजोखा, बिश्लेषण र मूल्याँकन गर्नका लागि हरेक स्थानीय सरकारले अनिवार्य गर्नुपर्ने सामाजिक परीक्षण उपमहानगरले उपमहानगर भईसकेपछि पहिलो पटक गरेको हो ।

स्थानीय सरकारले हरेक आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रम र त्यसको सामाजिक उपलब्धि तथा कार्यसम्पादनको लेखाजोखाका लागि बर्षमा एक पटक सामाजिक परिक्षण गर्नु पर्ने प्रावधानलाई कार्यन्वयन गर्न, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १० को दफा ७८ को उपदफा ५ बमोजिम एक आर्थीक बर्षमा समग्र सामाजिक जिम्मेवारी पुरा गरे नगरेको सम्बन्धमा लेखाजोखा गर्न, स्थानीय निकाय सामाजिक परीक्षण कार्यबिधि २०६७, स्थानीय तह सार्वजनिक जवाफदेहिता प्रबद्र्धन सम्वन्धी नमुना कार्यबिधि २०७७ अनुरुप सामाजिक जिम्मेवारी, त्यसलाई पालना गर्न भएको प्रयास तथा कार्य सम्पादनको लेखाजोखा गर्ने प्रक्रियालाई कार्यन्वयन गर्नका लागि स्थानीय सरकारले सामाजिक परीक्षण गर्नुपर्ने हुन्छ ।

उपमहानगर प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा भएको प्रारम्भिक प्रतिबेदन प्रश्तुतिकरण कार्यक्रममा असल शासन मिडियाका अध्यक्ष तथा सामाजिक परीक्षक नमस्कार शाहले प्रारम्भिक प्रतिबेदन प्रश्तुत गरेका थिए । शाहले सामाजिक परीक्षणका बिभिन्न बिधिहरु सन्दर्भ सामाग्री अध्ययन र समिक्षा, अन्तवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रित छलफलबाट प्राप्त तथ्य र सुझावहरु प्रश्तुत गरेका थिए ।

प्रश्तुत प्रतिबेदनका बारेमा वडाध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न शाखाका प्रमुखहरुले आआफ्नो बिचार राखेका थिए ।

कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख प्रशान्त बिष्टले सामाजिक परीक्षणबाट प्राप्त तथ्यहरुबाट आगामी योजना तर्जुमा गर्न सहज भएको उल्लेख गर्दै प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने बताए ।

कार्यक्रममा बोल्दै उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिब प्रसाद रिजालले सामाजिक परीक्षणका माध्यमबाट उपमहानगरलाई महत्वपूर्ण सुझाव प्राप्त भएको बताए । उनले भने यस्ता बिधिहरुले सेवाप्रदायकलाई थप जिम्मेवार बनाउँछ ।

सामाजिक परीक्षक मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा उपप्रमुख कमरुद्धिन राई लगायत बिभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, उपमहानगरका महाशाखा, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech