६ प्रश्नमा लोक तथा दोहोरी गायिका पुर्णकला बिसी

माधव कार्की

असल शासन प्रतिनिधि

१. तपाईको जीवनको आर्दश के हो ?
– मेरो जिवनको आदर्श भनेको सधै सबै सँग राम्रो बोल्ने सबै सँग असल ब्यबहार गर्ने नै हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
– म यँहा सम्म आईपुग्न मेरा बुवा आमाका साथै कलाकारीताका अग्रजहरुको उत्प्रेरणा नै हो ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– मैले समाजमा घटेका बिभिन्न किसिमका कुराहरुलाई अर्थात केही काल्पनिक भएपनि केही बास्तबिकतालाई गित संगितका माध्यामबाट दर्शकहर माझ पस्केर मनोरञ्जन दिनेकाम गरीरहेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– सानो हुँँदाआमा सँगै खेतमा रोपाई गर्न गएर बेलुका घर फर्किदा छिमेकीले लाईन कटाईदिएछन हाम्रोमा मिटरबक्स नभएकाले छिमेकीको घर बाट लाईन जडान गरेका थियौं जस्ले गर्दा हामी त्यो रात अन्धकारमा बस्न बाध्य लभएका थियौं । जुन घटणा अहिले पनि बार बार सम्झिरहन्छु ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– असल शासन भनेको राम्रो ब्यवहार हो जुन सबै क्षेत्रमा लागु हुन जरुरी छ ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– समाजमा हुने गरेका गतिबिधीहरु लाई ध्यानमा राखेर बिभिन्न किसिमका गितहरु गाउने र जस्का माध्यम बाट आम दर्शक श्रोताहरुलाई मनोरञ्जन दिन सकियोस भन्ने मेरो जिवनको उद्धेश्य तथा प्रतिबद्धता रहेको छ ।

  • १३ असार २०८०, बुधबार प्रकाशित

  • Nabintech